जिल्लाको शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली चलाएको र सो गोली लागेर कार्यक्रता दुर्गाबहादुर रोका घाइते भएका हुन् ।
जिल्लाको शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली चलाएको र सो गोली लागेर कार्यक्रता दुर्गाबहादुर रोका घाइते भएका हुन् । उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको र त्यहाँ उनको उपचार भइरहेको छ । उनको खुट्टामा गोली लागेको र अवस्था सामान्य रहेको जनाइएको छ ।
रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ । घटनाबारे थप जानकारी आएको छैन् । प्रहरीले अहिलेसम्म घटनाको पुष्टि गरिसकेको छैन् ।