गृहपृष्ठ Featured जय बुद्ध सामाजिक लाई प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि

जय बुद्ध सामाजिक लाई प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि

प्रकाशित मिति:

हरियाली युवा क्लब को आयोजना विजयनगर गाउँपालिका को सहयोगमा फागुन १४ गतेदेखि संचालन भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता खेल समापन भएको छ ।

जय बुद्ध सामाजिक युवा क्लब शिवपुर शृजनशिल युवा क्लब भटनी बीच भएको कडा प्रतिस्प्रर्धा खेलमा जय बुद्ध सामाजिक युवा क्लबले ३ गोल हानी विजय भएको छ । गाँउपालिकाको वडा नम्बर ४ शंकरपुरको खेल मैदानमा सुरु भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता फाइनलमा पुगेका जय बुद्ध सामाजिक युवा क्लब शिवपुरले ३ र शुजनशिल युवा क्लब भटनी ले १ गोल गरेको खेल संयोजक दुर्गा बहादुर दर्जीले बताए ।

प्रतियोगितामा प्रथम भएको जय बुद्ध सामाजिक युवा क्लबलाई नगद पुरस्कार ५० हजार सहति ट्रफि, प्रमाण पत्र, दोस्रो हुने शुजनशिल युवा क्लब भटनीलाई नगद ३० हजार ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो भने सेमिफाइनल मा पुगेका टिमलाई नगद ५ हजार प्रदान गरिएको थियोे । खेलमा १६ टिमको सहभागी रहेको थियो ।

खेल संयोग दुर्गा बहादुर दर्जी को अध्यक्षता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा को प्रमुख अतिथित्यता बिशिस्ट अतिथि नेकपा प्रदेश न।५ कमिटी सदस्य बालक राम बुढा वडा अध्यक्ष तिलक राम कडेल , बुद्धि राम अर्याल अनवर मुसलमान , इलाका प्रहरी कार्यालय गणेशपुर का प्रमुख नवीन पौडेल लगाएत कोआथितियता रहेको कार्यक्रम विजय थापा को संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार