गृहपृष्ठ Featured कार्यपालिका र न्यायपालिकाको साँठ गाँठमा सिके राउतलाई जेलमुक्त गर्ने काम भएको कांग्रेश युवा नेता थापाको भनाई । वर्तमान सरकार निरंकुशता तर्फ उन्मुख भएको जिकिर ।।

कार्यपालिका र न्यायपालिकाको साँठ गाँठमा सिके राउतलाई जेलमुक्त गर्ने काम भएको कांग्रेश युवा नेता थापाको भनाई । वर्तमान सरकार निरंकुशता तर्फ उन्मुख भएको जिकिर ।।

प्रकाशित मिति:

कार्यपालिका र न्यायपालिकाको साँठ गाँठमा देस द्रोहको मुद्धा लागेको सिके राउतलाई छाडने काम भएको नेपाली कांग्रेशका प्रभावशाली युवा नेता गगन थापाले बताउनुभएको छ । निरंकुस राणा शासनको बेलामा जस्तो सरकारको निर्देशनमा न्यायपालिकाले गलत किसिमका फैसलाहरु गरिरहेको समेत धारणा राख्नु भयो ।


तरुण दल नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेशको अगुवाईमा आज जितपुरमा गरिएको कार्यकर्ता साक्षात्कार कार्यक्रममा नेता थापाले बर्तमान सरकार नेपालको संविधान २०७२, संघिय व्यवस्थाको मर्म र प्रजातन्त्रको मुद्धा समेतबाट विमुख हुने काम गरेको बताउनुभयो ।
बर्तमान समयमा यस सरकारले जनहितका काम नगरेका कारण कांग्रेश नेता कार्यकर्ता निरास हुने भन्दा पनि त्यस बाट सिर्जना हुन सक्ने अवसरहरुको सदुपयोग गर्न तर्फ लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा सांसद अत्तहर कमाल, वाणगंगा नगरपालिकाका मेयर मंगल थारु, जिल्ला प्रवक्ता रवि काफ्ले, कांग्रेशका नगर सभापति विष्णु थापा, सचिव रामजी सेन, नेपाल महिला संघका केन्द्रिय सदस्य इन्दिरा भटराई, जिल्ला सभापति दिना सुवेदी, तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी लगायतका सयौँ नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार