गृहपृष्ठ Featured रुपन्देहिमा सफलता पूर्वक विद्यालयहरु सञ्चालन गरेका शिक्षा विदहरुको कपिलवस्तुमा आकर्षण ।।

रुपन्देहिमा सफलता पूर्वक विद्यालयहरु सञ्चालन गरेका शिक्षा विदहरुको कपिलवस्तुमा आकर्षण ।।

लामो समय देखि रुपन्देहिका नीजि विद्यालयहरु सफलता पूर्वक सञ्चालन गर्दै आएका शिक्षा विदहरु कपिलवस्तु जिल्ला तर्फ आकर्षित भएका छन् । कपिलवस्तुका विभिन्न नीजि विद्यालयहरुमा हालै उनीहरुले लगानी लगाएका छन् ।उनीहरुको लगानी सहित नयाँ व्यवस्थापनमा कपिलवस्तु जिल्लामा सञ्चालित निजी विद्यालयहरु तुलनात्मक हिसाबले अत्यन्तै सफल हुँदै गएको देखिएको छ ।

स्काईलार्क इग्लिस बोर्डिङ स्कुल ओदारी र हिलवर्ट इग्लिस वोर्डिङ स्कुल पिपराले छाटो समयमै प्राप्त गरेको उल्लेखनिय सफलतालाई हेर्दा कपिलवस्तुमा रुपन्देहिका शिक्षाविदहरुले गरेको लगानीका प्रतिफल उच्च देखिएको छ । यसैविच स्काईलार्क इङ्लिस बोर्डिङ स्कूलले विद्यालय नयाँ व्यावस्थापनमा गएपछि विद्यालयले हासिल गरेको वार्षिक शैक्षिक प्रगतिका विषयमा मंगलबार प्रत्रकार सम्मेलन मार्फत विद्यालयको भावि योजना सार्वजनिक गरेको छ ।

विद्यालयको सभाहलमा अयोजना गरिएको पत्रकार सम्मेलन मार्फत विद्यालयका संचालक समितिका अध्यक्ष तोलाकान्ता डुम्रेले विद्यालयले हाल सम्म गरेका शैक्षिक एवम् भोतिक प्रगतिका विषयमा जानकारी गराएका थिए । वि. सं. २०५३ सालबाट अध्यापन सेवा सुचारु गरेको सो विद्यालयमा हाल ३ सय ९८ छात्र र ३ सय ८२ छात्रा सहित कुल ७ सय ८० विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । तुलनात्मक हिसाबले रुपन्देहिका शिक्षाविदहरुको लगानीको प्रतिफल उच्च देखिएको छ ।

जिल्लाको दक्षिणमा सदरमुकाम तौलिहवा सम्मका वालवालिकाहरु अध्ययनका लागि विद्यालयमा आउने गरेको पनि बताइएको छ । २०७४ साल देखि नयाँँ व्यवस्थापनका साथ अत्याधुनिक भवनबाट पठनपाठन सेवा संचालन गरेको स्काईलर्कले द्ुई दशक बढी लामो समयदेखि जिल्लामै सर्वाेत्तम गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको पनि दावी गरेको छ । त्यस्तै नजिकिदै गरेका नयाँ शैक्षिक सत्रको पहिलो महिनादेखि नै १५ बुदँे नयाँ योजनाहरु पनि सार्वजनिक गरेको छ । सेमी होस्टलको व्यवस्था गरेको सो विद्यालयले आगमी वर्षदेखि पूर्ण छात्रावासको व्यवस्था गर्ने जनाएको छ ।

सो विद्यालयमा अध्ययन गरी कपिलवस्तु सहित अन्य जिल्लामा उच्च शिक्षा अध्ययन गर्न पुगेका विद्यार्थीहरुलाई जिल्लामै स्थापित गराउन र शहरकेन्द्रित पठनपाठनमा आकर्षित विद्यार्थीहरुलाई जिल्लामै सो शिक्षा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ । सम्पन्न पत्रकार सम्मेलन विद्यालयका प्रिन्सिपल कमल पौडेल, संचालक समिति अध्यक्ष तोलाकान्ता डुम्रे, लेखापाल पशुपतिनाथ शुक्ला , शैक्षिक संयोजक धुव्र पौडेल सहित जिल्लाका क्रियासिल पत्रकार तथा संचारकर्मीहरुको उपस्थितिका बिच टेकु केसीको संचालनमा सम्पन्न भएको छ ।

सम्बन्धित् समाचार