बृहस्पति ग्रहको राशि परिवर्तनले कुन कुन राशिलाई कस्तो प्रभाव पर्छ त?
समस्त ग्रहहरुमा सबैभन्दा शुभग्रहको रूपमा बृहस्पति ग्रहलाई नै मान्ने गरिएको छ। कोहि ब्यक्तिको जन्मकुण्डलीमा गुरु यदि शुभ स्थिति मा छ र बलवान छ भने उक्त व्यक्ति सम्मानित, समझदार, धार्मिक प्रवृत्तिको, सात्विक, परोपकारी, सदाचारी, जीवनको प्रत्येक क्षेत्रमा सफलता प्राप्त गर्ने आदि प्रकृतिको हुन्छ।
गुरु (बृहस्पति) 29 मार्च 2019 देखि धनु राशि मुल नक्षत्रमा प्रवेश गरेको छ। यसैगरी बृहस्पति ग्रह 10 अप्रिल 2019 को दिन वक्री भएर वृश्चिक राशितर्फ गोचर गर्नेछ। 22 अप्रिल 2019 बाट वक्री अवस्था पुन वृश्चिक राशिेमा रहनेछ भने 11 अगस्ट 2019 देखि मार्गी भएर 5 नोवेम्बर 2019 सम्म नै वृश्चिक राशिमा रहनेछ।
वैदिक ज्योतिष शास्त्रमा बृहस्पति ग्रहको गोचरबस भएको राशी परिवर्तनलाई एकदमै शुभ एवं प्रभावशाली नै मान्ने गरिन्छ। नवग्रहमध्य बृहस्पति लाई शुभ ग्रह नै मानिएको छ भने देवताहरुको गुरुको रूपमा पनि प्रतिष्ठित गरिएको छ जसको कारण यो ग्रहलाई गुरु, ज्ञान र आध्यात्म एवं धर्मको प्रतिकको रूपमा लिने गरिन्छ। अहिले गुरुको जलराशी देखि अग्निमा प्रवेशको कारण सामान्य प्रभाव मौसम, धर्म, सेयर बजार, बिकास एवं धर्मको क्षेत्रमा पर्नेछ साथसाथै अकल्पनीय गतिविधिहरु पनि यो समयमा हुन सक्छ। बृहस्पति ग्रह शनि र केतु सँग को युति हुँदा अलिक असहज महसुस पनि गर्नेछ जसको फलस्वरूप समाजमा बिबाद बढ्ने, हिंसा तथा आतंक बढ्ने पनि हुनसक्छ तर प्रत्येक राशी अनुसार छुट्टाछुट्टै प्रभाव पारेको हुन्छ।

ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305
कुनकुन राशिलाई कस्तो प्रभाव छ त? राशिफल हेर्नुहोस्
मेष राशि
गुरुको भाग्य भावमा गोचर हुने भएकाले कार्यमा सफलता प्राप्ती हुने संभावना रहेको छ भने मनले चिताएको कुराहरू पनि पुरा हुनेछ। साथसाथै यो समयमा यात्राको संभावना पनि देखिन्छ। खासगरी धार्मिक स्थलहरुको यात्राको अवसर मिल्नेछ साथै आर्थिक क्षेत्रमा पनि लाभ प्राप्त हुने देखिन्छ। पढाइमा प्रगति मिल्नेछ भने नयाँ कुरा सिक्ने, ब्यक्तित्व विकास गर्ने अवसर पनि प्राप्त हुनेछ। नयाँ बाहन आदिको सुख एवं पदोन्नतिको संभावना रहेको छ। गाईलाई मंगलबारको दिन जौ को पिठो खुवाउनु होला।
वृषभ राशि
वृषभ राशिको लागि गुरु अष्टम भाव मा गोचर हुने भएकाले केही अप्ठ्यारो परिश्थिती सिर्जना हुनसक्छ। मुखमा घाउ आउने, संक्रमणका रोगले सताउने, चोटपटक लाग्ने आदि संभावनाहरु रहेका छन्। केही कार्यहरूमा बिलम्ब हुने, रोकावट आउने आदि स्थिति पनि बन्न सक्छ। संघर्ष धेरै गर्नुपर्नेछ भने संघर्ष गरेअनुसारको फल पनि प्राप्ति हुनेछ। यो अवधीभर मानसिक रुपमा तनाव झेल्नुपरे तापनि आध्यात्मिक एवं अनुसन्धानात्मक विषयमा सफलता मिल्नेछ। बृहस्पतिको बाह्रौ भावमा दृष्टि रहने भएकाले खर्चको संभावना सँगसँगै कुनै नयाँ कार्यको लागि लगानी वा नयाँ कामको लागि सोच बढ्ने पनि हुनेछ। पैतृक संपती बाट लाभ मिल्नेछ। प्रत्येक सोमबार उत्तरतर्फ रहेको मन्दिरमा दर्शन गर्नुहोला, नकारात्मक प्रभाव कम हुनेछ
मिथुन राशि
तपाईंको लागि गुरु सातौ भावमा गोचरस्थ भैरहेको छ। तपाईंको लागि विशेषत: कुनै नयाँ कामको शुरुआत गर्ने मौका बनेको छ। साथीहरूको सहयोग एवं आफ्नो कुनै नजिकको ब्यक्तिको सहयोगले रोकिएको काम पूरा हुने राम्रो संभावना देखिन्छ। सप्तम भावमा रहेकोले विवाह, प्रेम सम्बन्ध राम्रो हुने इत्यादि योग पनि देखिएको छ। आयस्थानमा दृस्टी दिएको कारण आयस्रोतहरु बड्ने तथा जोसजागरले कार्यमा अग्रसर हुने देखिन्छ। चादिको भाडामा पानी राखेर पिउने गर्नुभयो भने शुभ हुनेछ।
कर्क राशि
यो समय तपाईंको लागि संघर्ष एवं प्रतियोगितात्मक हुनेछ। धनार्जन कम हुनसक्छ भने खर्च पनि अधिक हुने देखिन्छ । यो समयमा कुनै रोगहरुले पनि अप्ठ्यारो पार्न सक्छ। अचानक आपसी सम्बन्धमा खटपटको अवस्था सिर्जना हुनसक्छ। मनमा समस्या बढ्न सक्छ भने तपाईंको विरोधीहरुले तपाईं माथि अझ बढी दबाब सिर्जना गर्ने प्रयास गर्नेछन्। बिहिवारको दिनमा चिनी दान गरे राम्रो हुनेछ।
सिंह राशि
तपाईंको लागी गुरुको यो गोचरले शुभ फल नै प्रदान गर्नेछ। शिक्षा एवं आध्यात्मको क्षेत्र मा केही उपलब्धि नै हासिल हुनेछ। विद्यार्थि वर्गको लस्गी यसलाई शुभ समय नै मान्न सकिन्छ। संतान नभएका एवं सन्तान प्राप्त गर्न कठिनाइ भएकहरुको लागी पनि यो अवधी राम्रो मान्न सकिन्छ। आम्दानी बढ्ने, आफ्ना कार्यलय एवं ब्यापारबाट पनि सोचेजस्तै प्रगति हुने, आर्थिक मामिलामा सुदृढ हुँदै जाने जस्ता शुभ प्रभावहरु देखिनेछन्।
कन्या राशि
घरभित्र कुनै समस्याले अल्झाउने, अचानक धन हानी, सम्बन्धमा समस्या एवं चोटपटक आदिको नकारात्मक प्रभावहरु देखिन्छ। रोग निको हुन गाह्रो हुने, नयाँ कार्यको सोच राख्ने, विदेश यात्रा एवं घरभन्दा टाढा रहने तरखरमा रहने आदि प्रभावहरु देखिनुका साथै गरिरहेको कार्यमा पनि केही असन्तुष्टि आउन सक्छ। सकारात्मक पक्षबाट हेर्दा वस्त्र आभूषण इत्यादिको प्राप्ति पनि हुनेछ। संघर्ष बनिरहन्छ। पञ्चमिको दिन शिवलिङ्गमा जल चढाउनुहोला साथै मांसहारी भोजन निषेध गर्नुहोला।
तुला राशि
तुला राशिको लागि आफ्नो भाई बहनि हरुमा केही बदलाब आउनेछ। जोस जागर अनि मिहेनत मा पनि वृद्धि हुनेछ भने जागिरको एवं प्रोफेसनको क्षेत्रमा तपाईंको योजना अगाडि आउनुका साथै उन्नतीको मौका पनि मिल्नेछ। यसैगरी सकारात्मक भएर कार्य गर्ने संभावना हरु पनि बनेका छन्। नयाँ योजनाहरु एवं विचारधाराहरु बनिरहे तापनि निर्णय लिन भने मुस्किल नै देखिनेछ। शुक्रवारको दिन देविको दर्शन एवं पूजा पाठ गर्नुभयो भने करिअर सँग सम्बन्धित सुधार आउनेछन्।
वृश्चिक राशि
धन लाभको मौका मिल्नेछ भने साथीभाइहरु बाट पनि राम्रै सहयो मिल्नेछ। बोलिको प्रभावले आफ्नोपन बढाउन मद्दत मिल्नेछ भने सामाजिक एवं राजनैतिक कार्यमा अग्रसर हुनुको साथै मान सम्मान पनि मिल्नेछ। शनि केतुको प्रभावले गर्दा मानसिक तनाव भने झेलिरहुनु पर्ने साथै चिसो, संक्रमण आदिको रोगले सताउछ। सपनामा सर्पहरु आउने, अकल्पनीय सपनाले मनमा शंका उत्पन्न हुने, निन्द्रा समयमा नपर्ने जस्ता समस्या देखा पर्न सक्छन्। जुन योजनाहरु बिगतमा बनाउनुभएको थियो त्यी योजनाहरुलाई निरन्तर गर्ने मौका पनि मिल्नेछ साथै बैबाहिक सम्बन्धमा गासिने, इङेजमेन्ट हुने संभावना पनि रहेको छ। कसैप्रती तपाईंको मनमा प्रेम सम्बन्धको नयाँ दिशा पनि मिल्नेछ। केही आवश्यक कार्यको लागि लामो यात्रा तर्फ जाने संभावना पनि बनेको छ भने केही मानसिक तनावले पनि अप्ठ्यारो परिस्थिति सिर्जना गर्न सक्छ। बिहिवार अथवा शनिबारको दिनमा अशक्त एवं अनाथहरुलाई जल दान, भोजन दान गर्नुहोला।
धनु राशि
धनु राशी भएका ब्यक्तिहरुको लागि यो गोचर शुभ अशुभ दुवै प्रभाव पार्नेछ। खासगरी ब्यक्तित्व बिकासको समय रहनुका साथै ब्यस्ततालाई पनि दर्शाएको हुन्छ। यो समयमा यदि तपाईं आफ्नो पूर्ण क्षमताबाट कार्य गर्नुभयो भने आउदो भविष्यको लागि सुखमय एवं सकारात्मक रहनेछ। प्रेम सम्बन्धको मामिलामा उतारचढाव आउने साथै धैर्यता एवं निर्णय लिन गाह्रो हुने अवस्था समस्या पैदा हुनसक्छ। गुरुको गोचरले साढेसातिको उच्च प्रभावलाई न्यूनीकरण गर्ने हुँदा रोकिएकाका काम पूरा गर्न, बिग्रेका सम्बन्ध सुधार गर्न, जागिरमा पदोन्नति प्राप्त गर्न यो अवधिलाई शुभ मान्न सकिन्छ। विषेशत: मुल नक्षत्रमा प्रवेश गरेको ले घर बनाउने, गाडी किन्ने, व्यापार बिस्तार गर्ने आदि सकारात्मक कुराहरु देखिनेछन् साथै आर्थिक अवस्थामा पनि केही सुधार मान्न सकिन्छ। विद्यार्थी बर्गलाई अनुसन्धान वा थेसिस का विषयमा नयाँ एवं रोचकता मिल्ने, प्रोफेसर हरुसँग इन्टर्याक्ट गर्ने अवसर मिल्ने आदि हुनेछ। प्रत्येक दिन सुर्योदय हुनुपुर्व पूर्वतर्फ फर्किएर मेडिटेसन गर्नुहोला साथै माझी औंलामा प्लेटेनियमको औँठी लगाउदा पनि राम्रो मानिन्छ।
मकर राशि
यो समयमा तपाईंको लागि केही चिन्ताजनक वा अप्ठ्यारो हुन सक्छ। स्वस्थमा समस्या, खर्च, हस्पिटलको चक्कर आदिले मनमा तनाव दिनसक्छ भने परिस्थिति प्रतिकुल नहुने हुँदा घरबाट टाढाको दूरी पनि बन्न सक्छ। अंतराष्ट्रिय कुराहरुमा अग्रसर हुने संभावना रहेको छ। मुटुमा समस्या आउने, रगतमा खराबी हुने आदि पनि हुनसक्छ। चाढै निर्णय लिदा पछुताउनुपर्ने हुनसक्छ तसर्थ यी कुरामा सतर्क रहेको राम्रो मानिन्छ। गुप्त कार्यहरू अगाडि बढाउने र जीम्मेवारिले सताउने देखिन्छ। सुर्यास्त पछि माझी औंलामा फलामको औँठी लगाउदा, माछालाई चारा दिदा राम्रो मानिन्छ।
कुम्भ राशि
समय केही अनुकुल नै रहन सक्छ। तपाईंलाई कोहि ब्यक्ती विषेशको सहायताबाट लाभ पनि मिल्नेछ। आम्दानीका स्रोत बढ्ने, तलब वृद्धि हुने, पदोन्नति हुने संभावनाको साथै पढाईको मामिलामा पनि प्रत्यक्ष शुभ प्रभाव पर्नेछ। तपाईं आफ्नो प्रतिभालाई अझ सहज ढ्ङ्गले प्रस्तुत गर्न पनि सक्नुहुनेछ। नयाँ प्रेम सम्बन्धहरु गासिने छन् भने समय मनोरञ्जनमा बित्नेछ। साझेदारका काममा पनि लाभ मिल्नेछ। मंगलबारको दिन हनुमानको पूजा गर्नुहोला।
मीन राशि
तपाईंको लागि कार्यक्षेत्र केही नयाँ नियम एवं काम उपस्थित हुनसक्छ। यो समय तपाईंको काम कामकाज तर्फ ध्यान जाने, कुनै मामिलामा आफ्नो परिवारको लागि ब्यस्त रहने हुनसक्छ जसमा तपाईं आफू स्वंमको लागि समय छुट्याउन गाह्रो हुने हुनसक्छ साथै पेटमा गढबढ, इन्फेक्सन बढ्ने, चोटपटक लाग्ने समस्याले पनि दुख दिन सक्छ। कार्यलयबाट कामकाजको जिम्मेवारी अझ थपिनेछ। गुरु वा गुरु समान ब्यक्ति सँग भेटघाट गर्नु, दक्षिणा दिनु, बंगलामुखिको उपासना गर्नुले नकारात्मक प्रभाव न्यूनीकरण गर्नेछ।

ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305