सामाजिक सेवा भावले उत्प्रेरित हुँदै विभिन्न सामाजिक सेवा मुलक काम गरि छोटो समयमै चर्चाको शिखरमा पुगेको लायन्स क्लव अफ कपिलवस्तुको वर्ष २०१९।२० का लागि नयाँ नेतृत्व चयन भएको छ ।
शुक्रबार साँझ तनहुँको बनदीपुरमा भएकोसेकेन्ड कन्भेन्सन अन्तर्गतको कार्यक्रममा अध्यक्षमा कुमार खड्का, प्रथम उपाध्यक्ष सुरेन्द्र घिमिरे, द्धितिीय उपाध्यक्ष धातानन्द भुसाल,तृतीय उपाध्यक्ष केशव सापकोटा, सचिवमा रामबहादुर पौडेल क्षेत्री, कोषाध्यक्ष रामसुभागी थारु, सहसचिव सागर घिमिरे, सहकोषाध्यक्षमा ओमप्रकाश घिमिरे रहनु भएको छ ।
यस्तै गरी पि. आर. ओमा झविलाल भट्टराई, सदस्यमा वि.सं.नवदत्त घिमिरे, क्लव ढेमर विश्वराज खनाल, टेल ट्वीस्टर दामोदर पन्थी, लियो संयोजक सागर घिमिरे, स्वास्थ्य संयोजक सुमन क्षेत्री, फेलोसिप संयोजक गिरीराज कर्डेल,शिक्षा संयोजक भरत खनाल, खेलकूद संयोजक संजय गुरुङग, वातावरण संयोजकमा शोभाकर पराजुली रहनुभएको छ । यस्तै रिलिफ च्यारिटी संयोजक धिरज खनाल,अतिथि स्वागत संयोजक नारायण प्रसाद पौडेल, मिडिया परिचालन संयोजक ओमप्रकाश पौडेल,मिडिया परिचालन सह संयोजक मोहन बेल्बासे, कोष वृद्धि संयोजक दिनामणी खनाल,आँखा शिविर संयोजकमा नविन खड्का चयन हुनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वर्ष २०१८।१९ का अध्यक्ष कृष्ण केसिले स्थापनाका वर्षमै उल्लेखनिय कार्यहरु गर्दै लायन्स क्लबको नाम राख्नमा सहयोग गरेको प्रति सम्पूर्ण लायनहरु तथा शुभ चिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । नव निर्वाचित अध्यक्ष कुमार खड्काले विगतको वर्षमा भन्दा अझ धेरै समाज कल्याणका काम गर्नका लागि नेतृत्व प्रदान गर्नुभएकोमा सम्पूर्ण लायनहरुलाई आभार व्यक्त गर्नुभएको मिडिया संयोजक ओम प्रकाश पौडेलले जानकारी दिनुभयो । यस्तै प्रथम उपाध्यक्ष सुरेन्द्र घिमिरे र द्धितिय उपाध्यक्ष धातानन्द भुषालले यस विचमा सम्पन्न भए गरेका कामहरुबाट पाठ सिक्दै थप उल्लेखनीय कार्य गर्ने प्रेरणा प्राप्त भएको धारणा राख्नुभयो ।