गृहपृष्ठ खबर शुद्धोदन मा.वि जिनुवाको नतिजा , विद्यालय भित्रको आर्थिक नै अनियमिता रहेकोमा शंका ः प्रध्यानध्यापक अधिकारी ,

शुद्धोदन मा.वि जिनुवाको नतिजा , विद्यालय भित्रको आर्थिक नै अनियमिता रहेकोमा शंका ः प्रध्यानध्यापक अधिकारी ,

प्रकाशित मिति:

हाम्रो नगर हाम्रो गाउँ , सबै बालबालिकालाई विद्यालय पुरा¥यौँ भन्ने उदेश्य सहित श्री शुद्धोदन जन जिवन उच्च माध्यमिक विद्यालय वाणगंगा ९ जिनुवाले शैक्षिक वर्ष २०७५ को वार्षिक नतिजा प्रकाशन गरेको छ । वाणगंगा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष धुर्व बेल्वासेकोे अध्यक्ष्ता रहेको कार्यक्रममा नि.वर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीराज घिमिरेको प्रमुख आथितियता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति , शिक्षक समिति , पत्रकार तथा अभिभावकको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा अतिरिक्त क्रियाकलापको विद्या , अनुशासित , विद्यालय नियमित उपस्थिीत लगायतका विद्यामा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा खेल क्षेत्रको उत्कृष्ट खेल प्रस्तुत गरे वापत मनिस सोमै मगरलाई उच्च सम्मान गरेको थियो भने शैक्षिक क्षेत्र तर्फ विद्यालय प्रथम कक्षा ८ वि बाट समिक्षा कार्की , दोस्रोे कक्षा ५ बाट शिशिर कार्की र तेस्रो कक्षा ८ ए बाट सरोज न्यौपाने भएका थिए ।

लेखा शिक्षक एक नारायण पौडेलको आर्थिक प्रतिवेदन तथा विद्यालय प्रध्यानध्यापक टेकलाल अधिकारीले विद्यालय शैक्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । शिक्षक अधिकारी विगतका कुरा केलाउदैँ विद्यालयको आर्थिक हिसाव नै शंकापुर्ण रहेको र अब आफ्नो कार्यकालमा त्यस्ता अनियमिता नरहने कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालय शिक्षक अभिभावक समितिका अध्यक्ष कुन्त्तामणि भुसाल , प्रमुख अतिथि हरिराज घिमिरे लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नुु भएको थियो ।

कार्यक्रमको समापन गदैँ अध्यक्ष बेल्वासेले भन्नु भयो शुद्धोदन मा.वि जिनुवा अबका दिनमा सबै तर्फबाट सुधारात्मक रुपमा अगाडी बढ्दै जाने र विद्यालयको चौतर्फी विकास गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रम विद्यालय शिक्षक विष्णु बेल्वासेको सञ्चालन रहेको कार्यक्रममा शिक्षिका रामप्यारी पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार