गृहपृष्ठ खबर कपिलवस्तुमा हुने राष्ट्रीय महिला फुटवल प्रतियोगिताको तयारी पुरा(समय तालिका सहित)

कपिलवस्तुमा हुने राष्ट्रीय महिला फुटवल प्रतियोगिताको तयारी पुरा(समय तालिका सहित)

प्रकाशित मिति:

आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता अन्र्तगत कपिलवस्तुमा हुने राष्ट्रीय महिला फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । बैशाख ४ गते बुधबारबाट हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकुद बिकास समितिले जनाएको हो । ४ गतेबाट ८ गतेसम्म देशभरबाट ७ प्रदेशका खेलाडी समुह सहित ३ बिभागिय समुहको सहभागिता रहने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले बताए । प्रतियोगितामा सहभागि हुन ए पोलका ५ समुह जिल्ला आइ सकेका अध्यक्ष रेश्मीले बताए । ए पोल अन्र्तगत प्रदेश नः ६, प्रदेश नः ४, एपिएफ, प्रदेश नः १ र र त्रिभुवन आर्मी क्लवबिचको प्रतियोगिता कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको बुद्ध रगंशालामा हुने जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष बुद्धि बहादुर रोकाहा(दिनेश क्षेत्री)ले बताए । प्रतियोगितालाई भब्य पार्न विभिन्न समिति गठन गरी काम भएको क्षेत्रीले बताए ।

सम्बन्धित् समाचार