गृहपृष्ठ खबर क्याम्पस प्रमुख ज्ञवालीको बिदाई

क्याम्पस प्रमुख ज्ञवालीको बिदाई

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा बुङचीमा रहेको सिद्धार्थ क्याम्पसका प्रमुख बालाराम ज्ञवालीलाई एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको छ । विभिन्न क्षेत्रमा करिव ४० बर्ष शिक्षण पेशामा लागी २७ बर्ष प्रध्यापक तथा क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका ज्ञवालीले अवकाश लिएपछि क्याम्पस ब्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरि उनलाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानले ज्ञवालीले क्याम्पस र यस क्षेत्रकै शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै अवकाशपछिको समयमा पनि शिक्षा क्षेत्रको बिकासमा लाग्न आग्रह गरेका छन । अभिभावकको जिम्मेवारीका रुपमा यस क्षेत्रमा रहेको सबै शैक्षिक केन्द्रलाई मजदुत बनाउन लाग्न उनले आग्रह गरेका हुन । सो अवसरमा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष झवि पोखरेल, त्यस्तै रवि काफ्ले , स्वतन्त्र बिद्यार्थी युनियनका अध्यक्ष शुसिल खत्री लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार