गृहपृष्ठ खेलकुद महिला राष्ट्रिय फुटवलमा गण्डकीको बिजयी सुरुवात

महिला राष्ट्रिय फुटवलमा गण्डकीको बिजयी सुरुवात

प्रकाशित मिति:

आठौं राष्ट्रिय खेलकुद अन्तरगत  महिला राष्ट्रिय फुटवलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । कपिलवस्तुको चार नः जितपुरमा रहेको बुद्ध रंगशालामा सुरु भएको खेलमा कर्णाली प्रदेशलाई ४–० ले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । लिग चरण अधारमा भएको खेलमा ४ गोल गर्दै गण्डकी बिजयी भएको हो ।  खेल सुरु भएको १७ औँ  मिनेटबाटै जर्सी नम्बर ११ की मनिषा पंगेनीको गोलबाट खाता खोलेको गण्डकीले २९ औँ मिनेटमा जर्सी नम्बर ९ की उद्या थापाले अर्को गोलगरिन । त्यस्तै  दोश्रो हाफको पहिलो मिनेटमैैँ गण्डकीकी जर्सी नम्बर ११ की ननिता गुरुङले र जर्सी नम्बर ९ की उद्या थापाले एक गोल गर्दै गण्डकीको खातामा  पुग्यो ।

पहिलोे खेलमा दोश्रो हाफको पहिलो मिनेटमै गोल गरेकी ननिता गुरुङ म्या अफ दि म्याच बनिन् । उनलाई जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष छविलाल रेश्मीले ट्रफी प्रदानगरेका थिए ।  आज  साँझ ४ बजे औपचारिक उद्यघाटनपछि सशस्त्र प्रहरीको एपिएफले  प्रदेश नं.१ को सामना गर्ने छ ।

सम्बन्धित् समाचार