आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता अन्र्तगत कपिलवस्तुमा बुधबारबाट सुरु भएको महिला फुटवल प्रतियोगितामा गण्डकी प्रदेश र शसस्त्र प्रहरी बल एपिएफले बिजयी सुरुवात गरेका छन । कपिलवस्तुको बाणगंगा नगरपालिकाको बुद्धरगंशालामा भएको पहिलो खेलमा प्रदेश नः कर्णाली लाई हराउदै गण्डकी ४–० ले हराउँदै प्रदेश बिजयी भएको हो । लिग चरणका अधारमा भएको खेलमा ४ गोल गर्दै गण्डकी बिजयी भएको हो । खेल सुरु भएको १७ औँ मिनेटबाटै जर्सी नम्बर ११ की मनिषा पंगेनीको गोलबाट खाता खोलेको गण्डकीले २९ औँ मिनेटमा जर्सी नम्बर ९ की उद्या थापाले अर्को गोलगरिन । त्यस्तै दोश्रो हाफको पहिलो मिनेटमैैँ गण्डकीकी जर्सी नम्बर ११ की ननिता गुरुङले र जर्सी नम्बर ९ की उद्या थापाले एक गोल गर्दै गण्डकीको खातामा पुग्यो । पहिलोे खेलमा दोश्रो हाफको पहिलो मिनेटमै गोल गरेकी ननिता गुरुङ म्या अफ दि म्याच बनिन् ।
ए पोल अन्र्तगत भएको दोस्रो खेलमा शसस्त्र प्रहरी बल एपिएफले प्रदेश नः १ लाई ६÷० ले हराउदै बिजयी भएको हो । एपिएफकी सावित्रा भण्डारी एक्लैले ४ गोल गर्दै एपिएफलाई जित दिलाइन । एपिएफका लागी सावित्रा भण्डारीले खेलको खेलको ५ आ,ै ३७ औ, ४० औ र ४८ औ मिनेटमा गोल गर्न सफल भइन भने अनिता केसिले खेलको २९ र ५२ मिनेटमा गोल गर्दै खेलका लागी दुई गोल गर्न सफल भइन । आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता अन्र्तगत महिला फुटवल प्रतियोगिताको उद्यघाटन समारोहमा जिल्ला प्रमुख अधिकारी अर्जुन पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख अच्युतम प्रसाद पुडासैनी, शसस्त्र प्रहरी निरिक्षक दिपक अधिकारी, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ समाजसेवि दोलकराम घिमिरे, खोम बहादुर सिहं ठकुरी (शतिm), जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष बुद्धि बहादुर रोकाहा(दिनेश क्षेत्री), कार्यालय प्रमुखले अआआफनो धारणा राखेका थिए । 
राष्ट्रीय महिला फुटवल ः गण्डकी र एपिएफ बिजयी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजापानमा ब्याजदर ३१ वर्षयताकै उच्च
१२ घण्टा अघि








