नेपाल बिद्यार्थी सघंले विभिन्न कार्यक्रमको आयोजना गरी आफनो स्थापना दिवस मनाएको छ । नेपाल बिद्यार्थी सघं जिल्ला कार्य समितिले कपिलवस्तु सामुदायिक अस्पतालमा उपचाररत रहेका बिरामीलाई फलफुल बितरण गरेको छ । नेबिसघं स्थापना दिवसको ५० औ स्थापना दिवसका अवसरमा नेविसघंले फलफुल बितरण गरेको हो । फलफुल वितरण कार्यक्रममा नेपाल काग्रेस जिल्ला कार्य समिति कपिलवस्तुका सभापति सुरेन्द्रराज आर्चाय, तरुण दल जिल्ला सभापति खोम बहादुर सिहं ठकुरी(शतिm), नेपाल बिद्यार्थी सघंका जिल्ला उपसभापति शंकर प्रसाद न्यौपाने, जिल्ला नेता, दोलकराम घिमिरे, दुर्गा सेन, रवि काफ्ले, बिष्णु प्रसाद न्यौपाने, बिद्यार्थी नेताहरु चन्द्रकान्त पोखरेल, माधव पौडेल, गोविन्द आर्चाय, मिन थापा लगायतको सहभागिता रहेको थियो । अस्पतालमा रहेका दुई दर्जन बढि बिरामीलाई फलफुल वितरण गरिएको नेविसघंले जनाएको छ ।
फलफुल वितरण गर्दै नेविसघंले मनायो आफनो स्थापना दिवस
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैतनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
६ मिनेट अघि
उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्लियो
१ घण्टा अघि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ
२ घण्टा अघि