गृहपृष्ठ Featured महिला फुटवलमा एपिएफलाई हराउदै आर्मी बिजयी

महिला फुटवलमा एपिएफलाई हराउदै आर्मी बिजयी

आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता अन्र्तगत शनिबार भएको खेलमा विभागिय समुह एपिएफलाई हराउदै अर्को बिभागिय समुह त्रिभुवन आर्मी क्लव बिजयी भएको छ । एपिएफलाई ३÷० ले हराउदै आर्मी बिजयी भएको हो । ए पोल अन्र्तगत हालसम्मको सबैभन्दा बलियो समुहको रुपमा रहेको शसस्त्र प्रहरी बल एपिएफलाई आर्मी क्लवले हराएको हो । आर्मीलाई जिताउन खेलको ५० औ मिनेटमा इन्दीरा राई, ६४ औ मिनेटमा शर्मिला थापा र ६९ औ मिनेटमा कृष्णा खत्रीले गोल गर्दै आर्मी क्लवलाई जिताउन सफल भएका हुन । खेलको प्लेयरको अफ दि म्याचको उपाधि आर्मीकी इन्दीरा राइले पाइन । त्यस्तै शनिबार भएको अर्को खेलमा प्रदेश नः १ ले प्रदेश नः ६ लाई २÷० ले हराएको छ । सावित्रा मगरले सेकेण्ड हाफको २४ मिनेटमा गोल गरिन भने सृजा शाही(ओजीले) अर्को गोल गर्दै प्रदेश नः १ लाई जिताउन सफल भईन । खेलको म्यान अफ दि म्याच सावित्रा मगरले पााइन । आइतबारको पहिलो खेल प्रदेश नः १ र ४ बिच हुुने र दोस्रो खेल प्रदेश ६ र आर्मीबिच हुने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले जानकारी दिए ।

सम्बन्धित् समाचार