कपिलवस्तुको बाणगंगा नगरपालिका भित्र रहेका ८ वटा बिदालय गाभिने भएका छन । नजिकैको अर्को सरकारी बिद्यालयमा अर्को बिद्यालय गाभिने भएको हो । बिद्यालयमा रहेका बिद्यार्थी र शिक्षकको दरबन्दी अनुसार गाभिने दई बिद्यालय मध्य एकमा केही कक्षाहरु सञ्चालन हुने गरी गाभिने बाणगंगा नगरपालिकाका शिक्षा प्रमुख खिम बहादुर जिसिले बताए ।
गाभिने प्रक्रियाामा रहेको बिद्यालयहरु निम्न छन ।
१.जन कल्याण आधारभुत बिद्यालय बालापुर
२. शारदा आधारभुत बिद्यालय मझौवा
३. गोठी नदी आधारभुत बिद्यालय गोगापुर
४. जन सहयोग आधारभुत बिद्यालय मैनहरा
५.अन्तराष्ट्रीय युवा बर्ष आधारभुत बिद्यालय सिमलखोर
६. बाल आधारभुत बिद्यालय बनकट्टी
७.कोटिया आधारभुत बिद्यालय गंगोलिया
यसैबिच कोटीया बिद्यालय गाभ्दा बिद्यार्थीलाई झन असहज हुने बताउदै गाभिन पक्रिया तत्कालै सम्भव रहेको कोटिया आधारभुत बिद्यालय गंगोलिया ब्यवस्थापन समितिका अध्यक्ष गोपालल ज्ञवालीले बताए ।