कपिलवस्तु जिल्लालाई ५ नं प्रदेशको राजधानी बनाउनका लागि आवश्यकसल्लाह सुझाव दिदै कृषि मन्त्रि चक्रपाणी खनाल बलदेव, सांसद विष्णु पन्थि, पुर्व मन्त्रि दिपकुमार उपाध्याय लगायतले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानकासंयोजक पोम नारायण पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठककोे छलफलमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । बैठकमा बोल्दै मन्त्रिखनालले राजधानीका लागि हरेक दृष्टिले कपिलवस्तुनै उपयुक्त स्थान रहेको बताउनु भयो । उँहाले कपिलवस्तु जिल्ला एतिहासिकताले प्रयाप्त रहेको र धार्मिक रुपले हेर्ने दृष्टिकोणमानै फरक रहेको उँहाको भनाई छ ।
कार्यक्रममा सांसद बिष्णु पन्थिले प्रदेश ५ को राजधानीको लागि कपिलवस्तु जिल्ला हिट लिस्टमा परेको ठकुवा गर्नुभएको छ । न्यायसंगत हिसाबले प्रदेश राजधानीका लागि कपिलवस्तुनै उपयुक्त स्थान हुने बताउनु भयो । उँहाले यो जिल्ला सुगमताका हिसाबले र सबैको पायक पर्ने स्थान हुदा उपयुक्तदेखिएको बताउनु भयो । त्यस्तै बैठकमा पुर्व मन्त्रि दिपकुमार उपाध्यायले कपिलवस्तुलाई राजधानीबनाउनका निम्ती आफुले जस्तो सुकै सहयोग गर्नपनि तत्पर रहेको बिस्वास व्यक्त गर्नुभयो । उँहाले राजनिती भन्दा माथि उठेर यो पार्टि त्यो पार्टि नभनि एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।बैठकमा विस्णु न्यौपाने, दोलखराम पछाई, उमानाथ पौडेल, हुमनाथभट्टराई, डोलखराम घिमिरे लगायत बिभिन्न संघसंस्थाकाप्रतिनिधी,उद्योगी,व्यवसायी, नागरिक समाजका अगुवा पत्रकार लगायतको उपस्थितीरहेको थियो । सबैको साझा सोच बनाएर एउटा अभियानका रुपमा अघि बढने प्रतिबद्धताका बैठकले गरेको छ ।