गृहपृष्ठ खबर गजेहडा खानेपानीको अध्यक्षमा युवा समाजसेवि खाण

गजेहडा खानेपानीको अध्यक्षमा युवा समाजसेवि खाण

प्रकाशित मिति:

कपिलवस्तुको गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा राजकुमार खाँण सर्वसम्मत रुपमा निर्वा्चित भएका छन । कपिलवस्तु जिल्लाकै चर्चीत युवा क्लवहरु संगठन बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष समेत रहेका युवा समाजसेवि खाण वाणगंगा १ उप्टहवामा सम्पन्न समितिको दोश्रो साधारण सभा तथा अधिवेशनले खाँणलाई ४ वर्षका लागि सर्वसम्मत निर्वा्चित भएका हुन । ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा विष्णु विसी, सचिवमा बुद्ध बहादुर शाही, कोषाध्यक्ष नमुना पौडेल र अन्य सदस्यहरुमा रहेका छन् । त्यस्तै साधारण सभा तथा अधिवेशनले विजय बहादुर शाहीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ । जसको सदस्यहरुमा सुमित्रा उपाध्याय र अर्जुन प्रसाद पोख्रेल रहनुभएको निर्वाचन समितिका संयोजक तेज प्रसाद आचार्यले जानकारी दिएका छन ।

सम्बन्धित् समाचार