गृहपृष्ठ खबर पार्टी तत्काल महाधिवेशनमा जान आवश्यक ः कोइराला

पार्टी तत्काल महाधिवेशनमा जान आवश्यक ः कोइराला

प्रकाशित मिति:

नेपाली काग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी भित्र तत्काल महाधिवेशन गर्न आवश्यक रहेको बताएका छन । कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नः जितपुरमा भएको कार्यक्रममा उनले उनले काग्रेस केन्द्र र प्रदेश कही पनि सत्तामा नरहेकाले महाधिवेशन गरेर अगाडी बढदा राम्रो हुनेमा जोड दिएका थिए । नेपाली काग्रेस जिल्ला कार्य समिति कपिलवस्तुद्धारा आयोजित कार्यक्रममा नेता कोइरालाले सरकार असफल भएको समेत बताएका छन । सरकार आफैमा विवादै बिवादका बिच रहेको बताउदै जनता निराश भएको बताएका हुन । कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवान, भारतका लागी नेपालका पुर्व राजदुत दिप कुमार उपाध्याय, प्रतिनिधि सांसद अभिशेष प्रताप शाहले बोल्दै सरकारलई जनताले नरुचाएको बताउदै काग्रेसले प्रतिपक्षको भुमिका राम्रोसगं निभाउन नसकेको आरोप लगाए । काग्रेस आफेले गरेको कामको प्रचार पनि गर्न नसक्ने अरुले गलत गर्दा गलत ग¥यो पनि भन्न नसक्दा अहिले यो अवस्था आएकोमा जोड दिए । , पार्टी सभापति सुरेन्द्रराज आर्चाय, पुर्व पार्टी सभापतिहरु राजेश आर्चाय, सुधाखर पाण्डे प्रदेश सभा सदस्य रिना नेपाल, नेपाल बिद्यार्थी सघं क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार