गृहपृष्ठ खबर पैसा जोगाउन इन्जीनियरले बनाए पिपरा अस्पतालको बिजोग

पैसा जोगाउन इन्जीनियरले बनाए पिपरा अस्पतालको बिजोग

कपिलवस्तुको बाणगंगा नगरपालिका पिपरामा रहेको पिपरा अस्पताल भवन डिभिजनका शाखा भैरहवाका इन्जीनियरले पोष्टमाट्मका लागी बनाइएको भवनमा सेप्m्टी ट्याकीं नबनाएको पाइएको छ । बिशेषत पोष्टमाट्म हुने भवनका लागी छुट्टै सेप्m्टी ट्याकीं बनाउने प्रावधान रहेको छ । भवन बनाउने इष्टीमेटमा छुट्टै सेप्m्टी ट्याकीं बनाउने उल्लेख गरेता पनि सो अनुसार काम भएको छैन । तत्कालिन समयमा भवनको सेप्m्टी ट्याकीं बनाउदा ब्यवस्थापनकै समितिकै सहमतिमा डाक्टर बस्ने क्वाटरको सेप्m्टी ट्याकींमा पोष्ट माट्म भवनको पाइप मिसाइएको हाल अवकाश पाएका तत्कालिन इन्जीनियर अरुण कुमार केशरी बताए । उता तत्कालिन अस्पताल ब्यवस्थापनका गोपाल भट्टराईले इन्जीनियरसगं त्यस्तो कुनैसहमति नभएको बताए । इष्टीमेटमा भए अनुसारनै भवन बनाउने जिम्मा इन्जीनियरको भएको र सो समयमा समितिको तर्फबाट कोहीसगं कुनै पनि सहमति नभएको उनको भनाई छ ।

भवन बनेर सक्दासम्म ब्यवस्थापन समिति परिर्वतन भई पुर्व अध्यक्ष दल बहादुर थापा ईश्वर थापाले भवनको इष्टीमेट र नक्सा मागेपछि डिभिजन शाखा भवन हस्तान्त्रण गर्ने बिषयमा कुरा गर्न छाडेको अध्यक्ष थापाले बताए । अस्पतालका भवन भुकम्प प्रतिरोधक भएतापनि भवको कही चिरा पर्ने, पानी सोस्ने, पानी चुहिने सम्म भई सकेका छन । पोष्टमाट्म भवन बनी सकेको दुई बर्ष भई सक्दा पनि प्रयोगमा आएको छैन । भवन डिभिजन शाखा भैरहवा, ठेकेदार पक्ष र अस्पताल ब्यवस्थापन समिति पक्षबिच कुराकानी तथा तालमेल नमिल्दा भवन हस्तान्त्रण हुन नसकेको हो ।

सम्बन्धित् समाचार