कपिलवस्तुको बाणगंगा नगरपालिका पिपरामा रहेको पिपरा अस्पताल भवन डिभिजनका शाखा भैरहवाका इन्जीनियरले पोष्टमाट्मका लागी बनाइएको भवनमा सेप्m्टी ट्याकीं नबनाएको पाइएको छ । बिशेषत पोष्टमाट्म हुने भवनका लागी छुट्टै सेप्m्टी ट्याकीं बनाउने प्रावधान रहेको छ । भवन बनाउने इष्टीमेटमा छुट्टै सेप्m्टी ट्याकीं बनाउने उल्लेख गरेता पनि सो अनुसार काम भएको छैन । तत्कालिन समयमा भवनको सेप्m्टी ट्याकीं बनाउदा ब्यवस्थापनकै समितिकै सहमतिमा डाक्टर बस्ने क्वाटरको सेप्m्टी ट्याकींमा पोष्ट माट्म भवनको पाइप मिसाइएको हाल अवकाश पाएका तत्कालिन इन्जीनियर अरुण कुमार केशरी बताए । उता तत्कालिन अस्पताल ब्यवस्थापनका गोपाल भट्टराईले इन्जीनियरसगं त्यस्तो कुनैसहमति नभएको बताए । इष्टीमेटमा भए अनुसारनै भवन बनाउने जिम्मा इन्जीनियरको भएको र सो समयमा समितिको तर्फबाट कोहीसगं कुनै पनि सहमति नभएको उनको भनाई छ ।
भवन बनेर सक्दासम्म ब्यवस्थापन समिति परिर्वतन भई पुर्व अध्यक्ष दल बहादुर थापा ईश्वर थापाले भवनको इष्टीमेट र नक्सा मागेपछि डिभिजन शाखा भवन हस्तान्त्रण गर्ने बिषयमा कुरा गर्न छाडेको अध्यक्ष थापाले बताए । अस्पतालका भवन भुकम्प प्रतिरोधक भएतापनि भवको कही चिरा पर्ने, पानी सोस्ने, पानी चुहिने सम्म भई सकेका छन । पोष्टमाट्म भवन बनी सकेको दुई बर्ष भई सक्दा पनि प्रयोगमा आएको छैन । भवन डिभिजन शाखा भैरहवा, ठेकेदार पक्ष र अस्पताल ब्यवस्थापन समिति पक्षबिच कुराकानी तथा तालमेल नमिल्दा भवन हस्तान्त्रण हुन नसकेको हो ।