गृहपृष्ठ खेलकुद कपिलवस्तुमा हालसम्मकै सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता तरुण दलद्धारा हुदै

कपिलवस्तुमा हालसम्मकै सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता तरुण दलद्धारा हुदै

प्रकाशित मिति:

कपिलवस्तुमा हालसम्मकै सर्वाधिक राशी राखीएको फुटवल प्रतियोगिता हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरको उद्योग बाणिज्य सघंमा आयोजित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराइएको हो । देशभरबाट आठ समुहको सहभागिता रहने प्रतियोगिताको नाम प्रथम मुतmी, राजेन्द्र, राजेश, ओम प्रकाश स्मृति खुल्ला नकआउट प्रतियोगिता दिइएको छ । तरुणलााई एउटा उचाई दिनुका साथै समाज निमार्णमा पु¥याएको योगदानको कदन गर्न प्रतियोगिता राखीएको तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं ठकुरी(शतिm)ले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद रु दुई लाख पाउने छ भने द्धितिय हुनेले नगद एक लाख पाउने आयोजक तरुण दल क्षेत्र नः का सभापति तिलक थापाले बताए । प्रतियोगितालाई सफल पार्न उनले सबैलाई आग्रह गर्दै प्रतियोगिताको सफलताको लागी देश बिदेशबाट सहयोग गर्नेलाई धन्यवाद समेत गरेका थिए । सो अवसरमा दर्जनौ पत्रकारका साथमा नेपाली काग्रेस नेता दोलक राम घिमिरे, तरुण दलका जिल्ला सदस्य राजन आले, क्षेत्रीय सचिव गोविन्द आर्चाय, नेपाल बिद्यार्थी सघंका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार