गृहपृष्ठ खबर बाणगंगाकी सुनिताको हत्या गरेको नविन थारुद्धारा स्वीकार । अनुसन्धान जारी

बाणगंगाकी सुनिताको हत्या गरेको नविन थारुद्धारा स्वीकार । अनुसन्धान जारी

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ८ मा आइतबार राती भएको सुनिता थारुको हत्यामा संलग्न मध्ये एकले हत्या गरेको स्वीकार गरेका छन । हत्याको आशंकामा नियन्त्रणमा लिएका तीन जना मध्य सोधपुछमा नविन थारुले आफुले हत्या गरेको स्वीकार गरेका छन् । नविन मृतककी श्रीमान सुरेश थारुका साथी भएको पाइएको छ ।

सुनितालाई आइतबार राती करणीको प्रयास गर्न खोज्दा उनले अपशब्द बोल्नुका साथै हिर्काएको कारण आफुले उनको हत्या गरेको उनले स्वीकार गरेका छन । घटनामा संलग्न भनिएका श्रीमान सुरेशलाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार