गृहपृष्ठ खबर तरुणका योद्धाहरुको सम्झनामा राखीएको फुटवल प्रतियोगिता कपिलवस्तुमा सुरु

तरुणका योद्धाहरुको सम्झनामा राखीएको फुटवल प्रतियोगिता कपिलवस्तुमा सुरु

प्रकाशित मिति:

कपिलवस्तुमा हालसम्मकै सर्वाधिक राशी राखीएको फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको बुद्ध रगंशालामा प्रतियोगिता सुरु भएको हो । उद्यघाटन समारोहमा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गुरुराज घिमिरेले तरुणले यसरी रचनात्मक र्का सुरुवात उदारणीय भएको बताएका छन ।

खेलकुद मार्फत राष्ट्रीय एकतालाइ जोडने हुदा यो प्रतियोगिता निकै उदारणीय रहेको बताउदै तरुण योद्धाको सम्झनामा राखीएको यो प्रतियोगिता अन्य जिल्लामा पनि हुन आवश्यक रहेको बताए । फरक प्रसङ्गमा बोल्दै घिमिरेले सरकार अराजकता तर्फ उन्मुख रहेको बताउदै नसच्चिए तरुण दलले सडकबाटबाटै सरकार फेकेर देखाउने चेतावनी दिए । त्यस्तै कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवान नेपाल तरुण दलका केन्द्रीय सभापति जित जगं बस्नेत, पुर्व राज्य मन्त्री तथा कपिलवस्तु जिल्लाका पार्टी सभापति सुरेन्द्रराज आर्चाय, तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाई, महासचिव भुपेन्द्रजगं शाही, नेपाल तरुण दल जिल्ला कार्य समिति सभापति खेम बहादुर सिहं ठकुरी(शतिm) , जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले आआफनो धारणा राखेका थिए ।
प्रथम मुतmी, राजेन्द्र, राजेश, ओम प्रकाश स्मृति खुल्ला नकआउट प्रतियोगिता नाम दिइएको यस प्रतियोगितामा चारै स्व तरुणका परिवारलाई सम्मान समेत गरेको आयोजक तरुण दल क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापाले जानकारी दिए । तरुणलााई एउटा उचाई दिनुका साथै समाज निमार्णमा पु¥याएको योगदानको कदन गर्न प्रतियोगिता राखीएको तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं ठकुरी(शतिm)ले बताएका छन । प्रतियोगतामा प्रथम हुनेले नगद रु दुई लाख पाउने छ भने द्धित्तिय हुनेले एक लाख पाउने तरुण दल क्षेत्र नः १ का क्षेत्रीय सचिव गोविन्द आर्चाय जानकारी दिएका छन । आज भएको पहिलो खेलमा भैरव एफसि नवल परासिले नया बस्ती चितवनलाई २÷० ले हराएको छ । प्रतियोगिता बैशाख २५ गते सम्म सञ्चालन हुने मिडिया संयोजक अशोक पौडेलले जानकारी दिए ।

सम्बन्धित् समाचार