गृहपृष्ठ खबर कपिलवस्तुमा कार दुर्घटना हुदा १ जनाको मृत्यु

कपिलवस्तुमा कार दुर्घटना हुदा १ जनाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तुको शिवराज नगरपालिकास्थित कैला खेलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको घोराहीबाट कपिलवस्तुको चन्द्रौटा जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार सडकबाट ६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय तीर्थ आचार्य रहेको पश्चिम क्षेत्रीय ट्राफ्रिक  प्रहरी कार्यालय प्रहरी बुटवलले जनाएको  छ । कारमा सवार लमही–८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको र उपचारको लागि बुटवल लगिएको छ ।

सम्बन्धित् समाचार