वैखरी २१ बैशाख !
वाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाँउ चोकमा नवनिर्मित यात्रु प्रतीक्षालयको आज एक समारोहका बिच वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधी भुसाल द्वारा उद्घाटन गरिएको छ ।
गत दशैमा स्थानीयहरूको अगुवाइमा संचालित ‘दुर्गा पुजा ‘ अनुष्ठानबाट बचत भएको रकम ,ओएसिस क्लब बालापूरको आर्थिक सहयोग एवं टोल बिकास संस्था बोडगाउँको समन्वयमा दक्षिण तर्फको प्रतीक्षालय निर्माण गरिएको छ भने उत्तर तर्फको प्रतीक्षालय नव प्रभात सामुदायिक बनले निर्माण गरेको थियो करिब तीन लाख रुपैयाँ खर्च गरेर उक्त प्रतीक्षालय निर्माण गरिएको थियो ।
कार्यक्रममा टोल बिकास समिति बोडगाउँले यस आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरूको खर्च एवं प्रगति विवरण समेत सार्वजनिक गरेको थियो ।