गृहपृष्ठ खबर स्मृति कपमा भैरवलाई हराउदै झरना क्लव फाइनलमा

स्मृति कपमा भैरवलाई हराउदै झरना क्लव फाइनलमा

कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा आयोजित प्रथम मुतिm, राजेन्द्र, राजेश, ओम प्रकाश स्मृति खुल्ला नकआउट फुटवल प्रतियोगिता अन्र्तगत पहिलो सेमिफाइनल खेलमा झरना स्र्पोटस क्लव कुञ्जलापुर बिजयी भएको छ । भैरव फुटवल क्लव नवलपरासिलाई १÷० ले हराउदै भकmरना स्र्पोटस क्लव कुञ्जलापुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको निर्णायक गोल झरनाका लक्ष्मण रुचालले १ गोल गरेर आफनो टिमलाइ जित दिलाउन सफल भएका हुन । खेलको मेन अफ दि म्याचको उपाधि पनि उनले प्राप्त गरेका छन । सोमबार हुने अन्तीम सेमिफाइनल खेलमा बाणगंगा वेलफेयर सोसाइटी चार नः जितपुर र सिद्धार्थ फुटवल क्लव बासगढि बिच हुने आयोजक नेपाल तरुण दल कपिलवस्तु क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापाले बताए । प्रतियोगिताको फाइनल यही २५ गते हुनेछ ।

सम्बन्धित् समाचार