गृहपृष्ठ खबर स्मृति कपमा भैरवलाई हराउदै झरना क्लव फाइनलमा

स्मृति कपमा भैरवलाई हराउदै झरना क्लव फाइनलमा

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा आयोजित प्रथम मुतिm, राजेन्द्र, राजेश, ओम प्रकाश स्मृति खुल्ला नकआउट फुटवल प्रतियोगिता अन्र्तगत पहिलो सेमिफाइनल खेलमा झरना स्र्पोटस क्लव कुञ्जलापुर बिजयी भएको छ । भैरव फुटवल क्लव नवलपरासिलाई १÷० ले हराउदै भकmरना स्र्पोटस क्लव कुञ्जलापुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको निर्णायक गोल झरनाका लक्ष्मण रुचालले १ गोल गरेर आफनो टिमलाइ जित दिलाउन सफल भएका हुन । खेलको मेन अफ दि म्याचको उपाधि पनि उनले प्राप्त गरेका छन । सोमबार हुने अन्तीम सेमिफाइनल खेलमा बाणगंगा वेलफेयर सोसाइटी चार नः जितपुर र सिद्धार्थ फुटवल क्लव बासगढि बिच हुने आयोजक नेपाल तरुण दल कपिलवस्तु क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापाले बताए । प्रतियोगिताको फाइनल यही २५ गते हुनेछ ।

सम्बन्धित् समाचार