गृहपृष्ठ Featured स्मृति कपको फाइनलमा बाणगंगा र झरना क्लव

स्मृति कपको फाइनलमा बाणगंगा र झरना क्लव

कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको बुद्धरगंशालामा आयोजित प्रथम मुतmी, राजेन्द्र, राजेश, ओम प्रकाश स्मृति खुल्ला नकआउट प्रतियोगितामा सोमबार भएको खेलमा बाणगंगा वेलफेयर सोसाइटी चार नः जितपुर बिजयी भएको छ । सिद्धार्थ फुटवल क्लव रुपन्देहीलाई हराउदै ३÷० ले बाणगंगा वेलफेयर सोसाइटी बिजयी भएको हो । बिजयीसगै बाणगंगा फाइनलमा प्रवेश गरेको छ । बाणगंगालाई अजित गुरुङले २ र कृश्यचनले १ गोल गर्दै आफनो टिमलाई जित दिलाएका हुन । बाणगंगाका अजित गुरुङले म्यान अफ दि मेचको उपाधि पाएका थिए । भैरव स्र्पोटस क्लव नवलपरासिलाई हराउदै झरना स्र्पोटस फाइनलमा प्रवेश गरिसकेको छ । यही २५ गते हुने फाइनल खेलमा झरना र बाणगंगाबिच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित् समाचार