गृहपृष्ठ खबर गैर जिम्मेवार बन्दै कपिवस्तु प्रहरी । सुरक्षा दिन अटेर

गैर जिम्मेवार बन्दै कपिवस्तु प्रहरी । सुरक्षा दिन अटेर

प्रकाशित मिति:

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु नागरिकको सुरक्षाका बिषयमा गैर जिम्मेवार देखिएको छ । सुरक्षाको माग सहित पत्र दिदा र पटक पटक फोन गरी जानकारी गराउदा समेत प्रहरी गैर जिम्मेवार देखिएको हो । नेपाल तरुण दल कपिलवस्तु क्षेत्र नः १ ले आयोजना गरेको प्रथम मुतिm, राजेन्द्र, राजेश, ओम प्रकाश स्मृति कप खुल्ला नकआउट फुटवल प्रतियोगितामा सुरक्षा पाउ भनि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय पिपरालाई जानकारी गराउदा समेत प्रहरीले बेवास्ता गरेको स्थानिय सरोकारवालाले बताएका छन । राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडीहरु सहभागिता रहेको प्रतियागितामा सुरक्षाका बिषयमा कुरा उठेपछि यस बिषयमा तरुण दलले जिल्लाभरबाट दैनिक रुपमा युवाहरु परिचालन गरेको नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिहं ठकुरी(शतिm)ले बताए । तरुण दलले प्रहरीसगं सहकार्य मात्र गर्न खोजेको बताउदै सामाजिक सुरक्षाको विषयमा तरुण दल आफलै जस्तो सुकै जिम्मेवारी बहन गर्न समेत तयार रहेको अध्यक्ष शतिmले बताए ।
प्रहरीले ठेक्का दिएको खोलामा पटक पटक अनुगमन गर्न सक्ने तर दिनको दुई घण्टा प्रतियोगितालाई समय नदिएर वेवास्ता गर्नु दुखत भएको स्थानिय भरत शर्माले बताएका छन । प्रहरी मेरो साथी भन्ने तर स्थानियस्तरबाट गरेको काम तथा कृयाकलापमा सहयोग नगर्दा अचम्म लागेको तरुण दल क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापाले बताए । पछिल्लो समय दुर्घटना हुदा सवारि साधन भाग्नु, करणीका घटना जिल्ला प्रहरी कार्यालयबाटै मीलाउनु, मन्त्रीका सुरक्षाका लागी एउटा मोटरसाइकलमा दुई प्रहरीलाई मात्र जिम्मेवारी दिनु जस्ता घटनाले जिल्लामा प्रहरीप्रतिको बिश्वास घटदै गएको छ ।

सम्बन्धित् समाचार