तोकिएको गुणस्तर अनुरुपको काम नहुदाँ जिल्लाको मायादेवी गाँउपालिका ५ बलुहवा स्थित जनता माध्यमिक बिद्यालयको भवनको तेस्रो तल्ला भत्किएको छ । कमसल निर्माण सामाग्रीको प्रयोग गरि भवन बनाउदाँ भवनको तेस्रो तल्लाको पिलरको स्लयाप भत्किए पछि बिद्यालयका बिद्यार्थीका अभिभावकहरुमा भने भवनको गुणस्तरले चिन्तित बनाएको छ । बिद्यालयका लागी अघिल्लो आर्थिक बर्षमा जिल्ला शिक्षा समन्वय ईकाई कपिलवस्तुको बिद्यालय क्षेत्र बिकास अन्र्तगतको बिद्यालय भौतिक सुबिधा विस्तार कार्यक्रमको बजेट अन्र्तगत भवन निर्माणाधिन अवस्थामा छ । दोस्रो तल्लाको सिढी माथीको सल्याप निर्माण गरिए पनि तोकिएको गुणस्तरमा निर्माण नहुदाँ बनेको केहि दिनमै सल्याप र पिलर सहितका संरचना भत्किएको हो । सञ्चारकर्मीको टोली बिदालयमा पुग्दा भत्किएको संरचनाको सामाग्री हटाईएको थियो । तर पिलरका संरचनामा भत्किएको स्लयापको छडहरु यत्रतत्र भेटिएका थिए । चार कोठे बहुबर्षिय भवन निर्माण गर्न लागत सहभागिता सहितको ४४ लाख ९३ हजार ६ सय ६९ लागत मध्य बिद्यालयलाई दिईने ३६ लाख शसर्त अनुदान रकमबाट बिद्यालय भवनको निर्माण थालिएको हो । अघिल्लो आवमा जिल्ला शिक्षा समन्वय ईकाई सँग बिद्यालयका प्रअ र अध्यक्षले सम्झौता गरि भवन निर्माणका लागी १८ लाख पेश्की लिएका छन । पछिल्लो समय रकम भुक्तानी र अनुगमनको जिम्मा मायादेवी गाँउपालिकालाई दिईए पनि जिल्ला शिक्षा समन्वय ईकाईले दिएको पेश्की रकमको कुनै अनुगमन नगरेको भेटिएको छ । यता चालु आर्थिक बर्षमा मा सो योजनाको अनुगमन र भुक्तानीको जिम्मा मायादेवी गाँउपालिकाले पाएको छ । गाँउपालिकाको प्राबिधिक टोलीले अनुगमन पश्चात चालु आवको पौष २४ गते ३ लाख ३३ हजार ३ सय ९३ र फागुन २७ गते ६ लाख १० हजार ३ सय ९२ गरि चालु आवमा दुई पटक गरि रनिङ्ग बिलको ९ लाख ४३ हजार ७ सय ८५ रुपैया गाँउपालिकाले बिद्यालयलाई निकाशा दिएको भेटिएको छ । रनिङ्ग बिलको रकम भुक्तानी गरेको गाँउपालिकाको पछिल्लो समयको अनुगमनको कार्य भने फितलो देखिएको छ । भवन भत्किदा बिद्यार्थीका अभिभावक र स्थानिय त्रसित छन ।
बिद्यालयमा गुणस्तरहिन सामाग्रीको प्रयोग गरि भवन भत्किदा अभिभावकमा भने बिद्यार्थीलाई बिद्यालय कसरी पढाउने भन्ने चिन्ता बढेको स्थानिय जय प्रकाश तिवारीले भने । “भर्ना अभियानका बेला भएकाले बिद्यार्थी थिएनन । बिदालय भवन पछि भत्किएको भए दुर्घटना निम्तिन सक्थ्यो ।” तिवारीले भने । बिद्यालय व्यवस्थापन समिती अध्यक्ष राजाराम यादव र बिद्यालयका प्रअ राम नेवास चौहानको मनोमानीले गुणस्तरहिन भवन निर्माणलाई प्रशय मिलेको वडा अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले आरोप लगाए । “मैले शूरुमै भवनलाई गुणसतरीय बनाउनु पर्छ भनेर सुझाव दिएको थिए । सुझाव कार्यान्वयन नहुने देखिए पछि भवन निर्माणमा चासो दिईन ।” उनले भने । भवन निर्माणका लागी प्रअ र व्यवस्थापन समितीका अध्यक्षलाई व्यवस्थापन समितीको २०७४ मंसिर ३ गतेको बैठकले जिम्मा दिएको भेटिएको छ । तर भवन निर्माणको जिम्मा पाएका प्रअ र अध्यक्षले चोरबाटो अपनाएर कपिलवस्तु नगरपालिका ४ पिपरीका लोकनाथ यादव प्रोपराईटर रहेको निर्माण व्यवसायी फर्मलाई ठेक्का दिएको देखिएको छ । एक जना निर्माण व्यवसायीलाई सोझै निर्माणको ठेक्का दिए पनि सार्वजनिक खरिद ऐन बिपरित देखिने भए पनि बिद्यालयको भवन निर्माण समिती घटना लुकाउन तल्लिन देखिएको छ । जनश्रमदान सहितको लागत सहभागीताको आधारमा निर्माण गरिनु पर्ने भवनलाई ठेक्का लगाई सगै स्थानियले भवनको गुणस्तर कायम हुन नसक्ने भन्दै असन्तुष्टी जनाएका थिए । सरोकारवाला सरकारी निकायको कागजातमा आफै जिम्मेबार व्यक्ति भए पनि भवन निर्माणको ठेक्का दिएका निर्माण व्यवसायीले कमसल काम गरे पछि आफुहरुले नै पिलरहरु भत्काएको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजाराम यादवले बताए ।
“ ठेकेदारले रातारात बनाएको संरचना गुणस्तरहिन देखिए पछि भत्काएका हौ ।” यादवले भने । पहिलो तल्ला र दोस्रो तल्लाको पिलर र ईटा जडानको अनुगमनको जिम्मा शिक्षा समन्वय ईकाईको रहेको सब ईन्जिनियर राज कुमार चौधरीले जानकारी दिए । आफुले दोस्रो तल्लाको भरयागं र छतको लिन्टर प्रत्यक्ष अनुगमनमा गराए पनि तेस्रो तल्लामा बनाईको संरचना निर्माणको जानकारी आफुलाई नदिईएको चौधरीले दावी गरे । तेस्रो तल्लामा निर्मित संरचना भत्किएको नभई भत्काईएको भन्दै उनले निर्माण समितीको बचाउको प्रयास गरे । “निर्माणको गुणस्तरको बारेमा जन गुनासो आए सगै अब निगरानी बढाउने छौ ।” सव ईन्जिनियर चौधरीले भने । आफुले बिद्यालय भवन भत्किएको बिषयमा जानकारी पाए सगै तत्कालै अनुगमन गरेको जानकारी दिदै भवन निर्माणको कार्यलाई गुणस्तरीय बनाउन कडाई गरिने मायादेवी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकालले बताए । भर्ना अभियानको बेला भएकाले बिद्यार्थी नभएकै कारण बिद्यालयको निर्माणाधिन भवन भत्किदा कुनै दुर्घटना हुन पाएन । कमजोड गुणस्तरको निर्माणले भविष्यमा आउन सक्ने जोखिम र स्थानिय तहमा झागिदो अनियमितताले आम नागरिकमा भने स्थानिय तहको काम गराई प्रति ठुलो प्रश्न चिन्ह उठने देखिएको स्थानिय बताउछन ।