कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको बुद्धरगंशालामा आयोजित प्रथम मुतmी, राजेन्द्र, राजेश, ओम प्रकाश स्मृति खुल्ला नकआउट प्रतियोगिताको उपाधि झरना स्र्पोटस क्लव कुञ्जलापुरले उचाल्न सफल भएको छ । खेल अवधिभर दुवै झरना र बाणगंगावेलफेयर सोसाइटी चार नः जितपुरले १÷१ गोल मात्र गर्न सफल भएकोमा खेल ट्राइबेकरमा पुगेको थियो । पेनाल्टीमा ४÷३ गोल गर्दै झरना स्र्पोटस क्लव कुञ्जलापुर प्रतियोगिताको बिजेता बन्न सफल भएको हो । कपिलवस्तुमा सर्वाधिक धनराशीराखीएको यस प्रतियोगितामा बिजयी झरनाले २ लाख र उपबिजेता बाणगंगा वेलफेयरले १ लाख पाएका छन ।
विजेता र उपविजेतालाई अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष कर्मा्िछरिङ शेर्पा, नेपाली काग्रेस जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष सुरेन्द्रराज आर्चाय, प्रदेश सभा सदस्य रिना नेपाल, तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिहं ठकुरी(शतिm) लगायतले पुरस्कार प्रदान गरेका थिए । यस स्मृति कपलाई निरन्तर आयोजना गरिने आयोजक तरुण दल कपिलवस्तु क्षेत्र नः १ का सभापति तिलक थापाले जानकारी दिए ।
स्मृति कपको उपाधि झरना क्लव रुपन्देहीले जित्यो

