नेपाल भारत सीमा नाका बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण शुक्रबार विहान ७ बजेदेखि आइतबार साझा ५ बजे सम्म सिमा नाका बन्द हुने भएको हो ।
भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने निर्वाचन सुरक्षालाई मध्यनजर गर्दे कपिलबस्तुका सिमा नाका बन्द गरिने छ ।
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रमेश्वर अर्यालका अनुसार दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको हो । नाका बन्द हुँदा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरि आवतजावत गर्ने बाहेक अन्य ओसार पसार तथा आवतजावत समेत बन्द गरिनेछ ।
शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय कपिलबस्तुका शसस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारीका अनुसार नाकामा हुने कुनै पनि अबैध गतिविधि हुन नदिन नेपाल भारतका सुरक्षा अवस्था कडा परिने बताउनुभएको छ ।
भारतमा हुने चुनावका कारण नेपाल भारत सीमा नाका बन्द गरिने
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै१३औं कपिलवस्तु डान्स आईडलबाट बाहिरिईन् निरुता
१७ घण्टा अघि
च्याम्पियन्स लिग : लिभरपुलको लगातार छैटौं जित
१८ घण्टा अघि
तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
१८ घण्टा अघि