कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ मा प्रथम बुद्धिराम स्मृति कप २०७६ सुरु भएको छ । एक समारोहकाबिच बैजलपुर युवा क्लवको आयोजनामा प्रथम बुद्धिराम स्मृति कप सुरु भएको हो । प्रतियोगितामा जिल्ला भित्रका १२ वटा समुहको सहभागिता रहेको छ भने प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्धित्तिय हुनेले रु २५ हजार तृतिय हुनेले १५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्यघाटन समारोहमा बोल्दै वडा नः २ का अध्यक्ष तथा बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले युवाहरुको काधमा धेरै जिम्मेवारी रहेको बताउदै बाणगंगा नगरपालिकालाई खेलकुदको हवका रुपमा बिकास गर्न वडा र नगरपालिका लागेको बताए । सो अवसरमा बैजलपुर युवा क्लवका अध्यक्ष अमृत न्यौपाने, बैजलपुर जनकल्याया सामुदायिक बनका उपाध्यक्ष भुमिराज कार्की, पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । छोरा सागर न्यौपानेको सहयोगमा प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष न्यौपानेले बताए । यसैबिच आज भएको पहिलो खेलमा बैजलपुर युवा क्लव बिले सनराइज युवा क्लव मोतिपुरलाई सडनडेथमा ५÷४ ले बैजलपुर युवा क्लव बिजयी भएको छ ।
प्रथम बुद्धिराम स्मृति कप २०७६ बाणगंगाको बैजलपुरमा सुरु


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदुर्गेशको नयाँ गीतले राख्यो रेकर्ड
५ घण्टा अघि
अर्घाखाँचीमा छोराले गरे ७० वर्षीय बुबाको हत्या
६ घण्टा अघि
टी–२० विश्वकप छनोटमा नेपालले कुवेत र जापानसँग खेल्ने
१२ घण्टा अघि
पौडी सिक्न गएका ९ बर्षीय बालकको डुबेर मृत्यु
१६ घण्टा अघि