२०७६ सालको वार्षिक राशिफल मेष – वर्षको प्रारम्भमा केही समस्या वा अवरोध आएता पनि वृहस्पतिको शुभ प्रभावले कार्यहरूमा सफलता प्राप्त हुने नै देखिन्छ। नयाँ कार्यका थालनी, रोकिएका कामको निरन्तरता गर्न सहज वातावरण मिल्नेछ। कुनै गुप्त कार्य वा अनुसन्धानात्क विषयमा सफलता हासिल हुनेछ भने जेठ देखि कार्तिक सम्मका दिनहरूमा स्वास्थ्य स्थितिमा समस्या उत्पन्न हुने, घरपरिवार भित्र खर्च धेरै गर्नुपर्ने अवस्था सिर्जना हुने आदि हुनसक्छ। विशेष गरी विदेश यात्राको लागि भने यो वर्षलाई शुभ रूपमा नै लिन सकिन्छ। लामा छोटा यात्राहरू देखि धार्मिक कार्यहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। राहु केतुको प्रतिकुलताको कारण साथीभाइ वा सामाजिक सञ्जालभित्र राम्रै छाप पार्न सक्ने पनि देखिन्छ। पैतृक सम्पत्ति वा जग्गाजमिनमा कार्यहरू खलबल मच्चिने वा अप्ठ्यारो परिस्थिति सिर्जना हुने हुनसक्छ। आर्थिक दृष्टिकोणले विचार गर्दा आम्दानीका स्रोतहरू खुल्ने, सरुवा बढुवा वा जागिरमा पदोन्नति आदि हुने देखिन्छ। खास गरी साउन, असोज, कार्तिक र चैतका महिनाहरूमा आर्थिक कमजोरी महसुस हुनेछ। शिक्षाको विषयलाई जोड्नुपर्दा वृहस्पति ग्रहको प्रभाव त्यति राम्रो नदेखिएकोले जेठ देखि कार्तिक सम्म पढाइमा केही कमजोरी वा अवरोध उत्पन्न हुनसक्छ त्यसभन्दा पछाडि पढाइ एवं उच्च शिक्षामा भने प्रगति गर्ने समय नै रहेको छ। प्रेमको मामिलामा घरपरिवार सँग कुरा नमिल्ने प्रेम सम्बन्धमा सन्तुष्टता नआउने हुनसक्छ। स्वास्थ्य स्थिति विचार गर्दा हाड जोर्नी, छाला एवं आँखा सँग सम्बन्धित रोगहरू देखा पर्न सक्छन् साथै शनि केतुको दुस्प्रभावको कारण चोटपटक आदिको भय पनि देखिन्छ। चतुर्थी तिथि हरू मा शुद्ध भोजन ग्रहण गर्नुहोला।
तपाईँको लागि यो वर्ष शुभ रङ्ग पहेँलो, रातो लाई मान्न सकिन्छ भने शुभ अङ्क १, ७, ९ र बिजोर अङ्क रहेका छन्।
वृष- विलासिताका विषयमा राम्रै लाभ हुने देखिन्छ भने जग्गाजमिन, ठेकेदारी, व्यापार, फिल्म इन्डस्ट्री आदिबाट फाइदा उठाउने समय रहेको छ। स्थानान्तरण हुने वा जागिरमा कार्यभार थपिनेछ। उच्च व्यक्तित्व हरू सँगको सम्पर्कले उच्च पद ग्रहण गर्ने एवं आफ्नो प्रतिभाहरू फैलाउने समय रहनुका साथै व्यक्तित्व विकासको समय पनि रहेको छ। सामाजिक एवं राजनैतिक कार्यहरूमा अग्रसर हुने, ठुला अवसरहरू आउने, जोस जाँगर र धैर्यताले नयाँ मार्ग प्रशस्त हरू हुने, पत्रकारिता एवं साहित्यको क्षेत्रमा उचित स्थान ओगट्ने जस्ता सकारात्मक प्रभावहरू देख्न सकिन्छ। आर्थिक दृष्टिकोणले पनि अर्थ मजबुत हुँदै जानेछ। खास गरी भदौ देखि कार्तिकका दिनहरूसम्म अर्थ अभाव, असन्तुष्टि, आन्योलता आदि सिर्जना हुन सक्छन्। जेठ, साउन, मङ्सिर, फाल्गुन र चैतका महिना केही शुभ नै मान्न सकिन्छ। प्रेमको मामिलामा नयाँ सम्बन्धहरू गासिने, वैवाहिक एवं दाम्पत्य जीवनमा खुसीयाली आउने आदि हुनेछ। शनि केतुको अष्टम भावमा रहेको प्रभावको कारण सानातिना चोटपटक, मानसिक तनाव, अपजस, असामान्य रोग, परिवार भित्र बिमारी जस्ता समस्या झेल्नुपर्ने हुनसक्छ। स्वास्थ्य स्थितिलाई विचार गर्नुपर्दा पेटको समस्या, ब्लड प्रेससरमा समस्या आदि उत्पन्न हुनसक्छ भने सङ्क्रमणका रोगले पनि अप्ठ्यारो पार्नेछ।
यो वर्ष शुभ रङ्ग सेतो, गुलाबी, चाँदी रङ्ग आदि लाई मान्न सकिन्छ।
शुभ अङ्कमा २, ४, र ६ रहेका छन् भने जोर अङ्कलाई अझ बढी जोड दिँदा राम्रो रहनेछ।
शनिवारको शुद्ध भोजन ग्रहण गर्नुहोला, दिन दुखी एवं अनाथ लाई दान गर्नुहोला।
मिथुन- मिथुन राशि हुनेहरूको लागि यो वर्ष लाभमय नै रहेको छ। प्रारम्भिक अवस्थामा नयाँ कार्यको सुरुवात हुनेछ भने रोजगारीका अवसरहरू पनि खुल्नेछन्। रोकिएका एवं अधुरा कार्यहरू लाई निरन्तरता दिन सहज हुनेछ भने बिग्रिएका सम्बन्ध सुधारको लागि पनि सजिलो वातावरण बन्नेछ। वैवाहिक जीवन जेठ देखि कार्तिक सम्म भने सन्तुष्टिजनक हुने देखिँदैन। मङ्सिर देखि वर्षको अन्तिमसम्म का समयमा साझेदारीका कार्यहरू बाट लाभ प्राप्त गर्ने, किर्ती फैलाउने, नयाँ सम्बन्धमा गासिने,धार्मिक कार्य एवं तिर्थस्थलहरुमा सहभागी हुने अवसरहरू प्राप्त हुने आदि देखिन्छ। बोलीको विकास हुनुका साथै सामाजिक क्षेत्रहरूमा पनि सक्रियता बढ्नेछ। बौद्धिक क्षेत्रबाट लाभ मिल्नेछ, प्रेम सम्बन्धमा वर्षका मध्य दिनहरू तिर समस्या उत्पन्न हुनसक्छ। घरमा मांगलिक कार्यहरू हुनेछन् भने घर बनाउने, घडेरी जोड्ने जस्ता शुभ समयहरू पनि देखिएका छन्। वर्षको अन्त्यतिर अप्ठ्यारोपन हरू आउने, गाली अपजस झमेला आदिमा फस्नुपर्ने, मनमा अशान्ति, असन्तुष्टि आदिको वातावरण बन्ने,परिवारका लागि स्वास्थ्यमा खर्च गर्नुपर्ने आदि हुन सक्छन्। राज्यबाट सम्मान मिल्नेछ भने अध्ययनको क्षेत्रमा पनि प्रगति हुनेछ। कार्तिक भन्दा पछाडि वृहस्पतिको दृष्टि आयभावमा रहने भएकाले अर्थको मामिलामा सुदृढीकरण हुनुका साथै व्यापारमा वृद्धि, जागिरमा तलब वृद्धि एवं पदोन्नति रहनेछ। वैशाख, मङ्सिर र चैत महिना आर्थिक अवस्थाको लागि राम्रो मान्न सकिन्छ। स्वस्थमा भने डायबेटिज, अल्सर, जण्डिस, नाक कान घाटिको रोग जस्ता समस्याहरू देखा पर्न सक्छन्।
यो वर्षको शुभ रङ्ग भने हरियो र पहेँलो रहेका छन्।
शुभंक विचार गर्नुपर्दा १,५,६ रहेका छन्।
आइतबारको दिन जटा सहितको नरिवल गङ्गामा प्रवाह गरिदिनुहोला।
कर्कट- कर्कट राशि हुनेहरूको लागि यो वर्ष शुभ नै मान्नुपर्छ। जगलग्नमा चन्द्रमा सँगै रहेकोले कुनै पनि कार्यहरूमा सफलता प्राप्त हुने, प्रतिकुल वातावरण नै रहने आदि हुनेछ। सामाजिक कार्यहरूमा अग्रसर हुने, मान मर्यादा बढ्ने, सम्मान तथा उपहार हरू हासिल गर्ने, व्यवसाय एवं साझेदारी हरू बाट प्रशस्त लाभ लिने, सुवर्ण अवसरहरू प्राप्त हुने आदि रहेका छन्। आफन्त हरूमा सामिप्यता बढ्नेछ भने सबै क्षेत्रहरू बाट सहयोग एवं लाभ प्राप्त हुनेछ। विशेष गरी होटेल, कृषि, फार्मेसी आदि व्यवसायमा लागेका हरुको लागि यो वर्ष प्रगतिशील वर्ष रहेको छ। धार्मिक कार्यहरूमा रुचि बढ्नुका साथै यात्राका अवसरहरू पनि मिल्नेछन्। वैदेशिक कार्यबाट सफलता मिल्नेछ। अर्थतन्त्र बलियो हुनुका साथै अकस्मात धनलाभका समयहरू पनि बनेका छन्। प्रतिस्पर्धा हरू बाट सफलता हासिल हुनेछ। अध्ययनलाई जोड्नुपर्दा कर्क व्यक्तिहरूको लागि निकै प्रगतिशील समय रहेको छ। अधुरा पढाइहरू पुरा हुनेछन्, तर्क शक्ति बढ्नेछ भने अन्य वक्तव्य कार्यक्रम हरूमा सहभागी भइनेछ। नयाँ प्रेम सम्बन्ध गासिनेछन् भने प्रेममा पनि सफलता मिल्नेछ। यात्रा तथा प्रविधिमा धेरै खर्च गर्नुपर्ने हुनेछ। स्वास्थ्य को दृष्टिकोणले चिसोको रोग, टाउको दुख्ने समस्या, पिनास आदिले सताउन सक्छ। समग्रमा भन्नुपर्दा कर्कट राशिलाई यो वर्ष निक्कै राम्रो मान्न सकिन्छ।
शुभ अङ्क- १,२,९
शुभ रङ्ग- सेतो, खरानी
सोमबार एवं पूर्णिमाका दिनहरूमा चन्द्रमा र शिव जी को पूजा गर्नुहोला।
सिंह-तपाईँको लागि यो वर्ष मध्यम नै रहेको छ। सन्तानहरू बाट चिन्ता बढ्ने, अध्ययनमा समस्या आउने, प्रेममा बाधा अवरोध सिर्जना हुने, मनमा डर एवं शंकाहरु बढ्ने आदि हुनसक्छ। जगलग्न द्वितीय स्थानमा रहेकोले आफन्तजन बाट राम्रै फाइदा हुनेछ। कार्यक्षेत्रलाई विचार गर्ने हो भने व्यापारका क्षेत्र बढ्नुका साथै नयाँ कार्यको सुरुवात पनि हुनेछ। वैदेशिक रोजगार बाट सफलता मिल्नुका साथै नयाँ व्यवसाय वा कार्यक्षेत्रमा लगानी गर्ने वातावरण मिल्नेछ। घरबाट भने टाढाको दुरी हुनसक्छ। आध्यात्मिक क्षेत्रमा प्रगति गर्नुका साथै यिनै क्षेत्रबाट सम्मान मिल्ने, प्रतिष्ठा बढ्ने आदि हुनेछ। केही सङ्घर्ष पश्चात् सफलता प्राप्त हुने, पदोन्नति हुने, घर वाहन आदिको सुख मिल्ने, परिवारमा खुसी आउने आदि हुनेछ। घर परिवारका कोही सदस्य विदेश वा घरबाट टाढा भएको भए घर फर्किने, आफन्त एवं पुराना मित्रहरू सँग भेट हुने समय रहेको छ। आर्थिक दृष्टिकोणले यो वर्ष निक्कै उतारचढाव हरू आउनेछन् भने असार, साउन, कार्तिक र माघका महिना शुभ मान्न सकिन्छ। स्वास्थ्यको हिसाबले आँखा र हाड जोर्नी को समस्या निम्तिन सक्छ।
शुभ अङ्क- ३, ५, ९
शुभ रङ्ग – पहेँलो, सुन्तला, रातो
आइतबारको दिन नरसिंह भगवानको आराधना एवं मङ्गलवारको दिन हनुमानको पूजा गर्नुहोला।
कन्या – कन्या राशि हुनेहरूको लागि यो वर्ष सामान्य नै मान्न सकिन्छ। विदेश सँग सम्बन्धी कार्यहरू बाट सफलता मिल्नेछ भने बाहनादी प्राप्त गर्ने योग हरू पनि निर्माण भएका छन्। घरबाट टाढाको दुरी हुनेछ भने परिवार भित्र केही समस्या, सङ्कट वा रोगहरू उत्पन्न हुन सक्छन्। जोखिमपूर्ण कार्यबाट भने सावधानी अपनाउँदा नै राम्रो हुनेछ। जगलग्न कन्यामा नै रहेकोले व्यक्तित्व विकास हुनुका साथै प्रभावकारी कार्य तथा योजनाहरू पनि अगाडि बढ्नेछन्। चोटपटक वा दुखाईको समस्या निम्तिन सक्ने भएकाले यी विषयमा अल्लि ध्यान पुर्याउनु नै राम्रो रहला। अध्ययन अध्यापन कार्तिक भन्दा पछि प्रगतिशील नै रहनेछ भने दाम्पत्य सुख प्राप्ति, सन्तानप्राप्त आदिको सम्भावना हरू रहेका छन्। जग्गाजमिन वा पैतृक सम्पत्तिको कारण झमेलामा फस्नुपर्ने, असहज परिस्थिति सिर्जना हुने आदि हुनसक्छ। सामाजिक तथा कानुनी कुराहरूमा पनि अलिक सजगता अपनाउनुहोला। प्रेम सम्बन्ध हरू मा सुधार आउनेछ, पत्रकारिताको क्षेत्रमा प्रगति हुनेछ भने सम्बन्ध सुधारको लागि पनि मौका हरू मिल्नेछन्। धार्मिक यात्राका प्रशस्तै सम्भावनाहरू बन्नुका साथै कार्यक्षेत्र वा जागिरको सिलसिलामा टाढाको यात्रा गर्नुपर्ने अवस्था आउनेछ। जिम्मेवारी वा कार्यभारले लगभग फल्गुणसम्मका समय व्यस्ततामा नै राख्नेछ। सेयर बजारबाट लाभ मिल्नुका साथै आर्थिक दृष्टिकोणले पनि प्रगतिशील नै रहेको छ। खास गरी असार, साउन, फाल्गुन र चैत का महिना अर्थको लागि राम्रो रहेको छ। पढाइमा प्रगति हुनेछ भने बिग्रिएका विषय हरूमा पनि राम्रै नतिजा प्राप्त हुनेछ। आलोचना गर्नेहरू र बिगार गर्न खोज्नेहरूले पनि तारिफ गर्नेछन्। स्वस्थ लाई विचार गर्दा पेटाका रोग, मुटुको समस्या, चोटपटक आदिले सताउन सक्छ।
शुभ अङ्क – ५,६
शुभ रङ्ग- हरियो, रातो र नीलो
शनिवार भैरबको दर्शन, भगवतीको पूजा गर्नुहोला। गाईलाई आहारा दिनुहोला।
तुला- वर्ष शुभाशुभ दुवै रहेको छ। मनोरञ्जनको क्षेत्रमा समय खर्च हुनुका साथै भेटघाट र यात्राहरुमा वराम्रै अनुकूलता रहनेछ। सन्तान प्राप्तिको लागि राम्रो समय रहेको छ भने धनहरुमा पनि वर्षको मध्य दिनहरुमा वृद्धि हुँदै जानेछ। पढाई भने सामान्य नै रहनेछ भने रोजगार एवं कार्यक्षेत्र परिवर्तन हुने सम्भावना धेरै रहेको छ। जगलग्न व्ययमा परेकोले खर्च अधिक हुने, लोनले सताउने वा दिएको रकम फिर्ता हुन गाह्रो हुने आदि हुनसक्छ। पीतासँगको सम्बन्ध मा केही खटपट रहन सक्छ। दाम्पत्यको लागि यो वर्ष शुभ नै रहेको छ। आध्यात्मिक क्षेत्रबाट प्रगति हुनुका साथै विभिन्न मांगलिक कार्य एवं धार्मिक प्रतिष्ठान हरू मा सहभागीको निमन्त्रणा हरू आईरहनेछन्। सूचना प्रविधिमा विकास गर्नुका साथै यिनै क्षेत्रमा लागेकाहरुले उन्नति गर्ने समय पनि रहेको छ। प्रेमका मामिलामा उत्साह बढ्नेछ भने धर्मका विषयमा खोज तथा अनुसन्धान हरू पनि बढ्नेछन्। घरगृहबाट केही टाढा रहनुपर्ने अवस्था भने सिर्जना हुन सक्छन्। संचार वा मेडियाबाट सहयोग मिल्ने, यिनै क्षेत्रमा प्रगति गर्ने आदि पर्यावरण पनि रहेको छ। खास गरी बायोलोजीकल कुराहरूमा ध्यानाकर्षण बड्नुका साथै यसप्रति उत्साह पनि जाग्नेछ। विवहा तथा इन्गेजमेन्टका सम्भावना हरू धेरै देखिन्छन्। आर्थिक अवस्थालाई हेर्दा साउन, असोज, पुस र फाल्गुन का महिना केही शुभ नै मान्न सकिन्छ। स्वस्थ स्थितिमा भने आँखा मा समस्या, मृगौलामा समस्या एवं पुराना रोगहरुले सताउने आदि हुन सक्छ।
शुभ अङ्क – २, ६, ८
शुभ रङ्ग- पहेँलो, सेतो, खरानी
शुक्रबार लक्ष्मीको पूजा एवं बिहिवार पिपलको पूजा गर्नुहोला।