गृहपृष्ठ Featured कपिलवस्तुमा जघन्य अपराधका घटनामा बृद्धि(घटना विबरणसहित)

कपिलवस्तुमा जघन्य अपराधका घटनामा बृद्धि(घटना विबरणसहित)

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका– ८ बालापुरमा शनिवार मध्यरातमा २१ बर्षिया सुनिता थारुको ढुंगाले टाउकोमा थिचेर हत्या गरिएको गरियो । हत्याको अरोपमा प्रहरीले सुनिताका श्रीमान सुरेश र उनका साथी नबिन थारुलाई पक्राउ गरी अनुसंधान अघि बढाएको छ । सुनिता र सुरेशको एक बर्ष अघि मात्र बिवहा भएको थियो । कपिलवस्तुको बाणगंगा नगरपालिका– ४ झुंगाकी २८ बर्षे अनिता पौडेलको ११ बर्ष अघि बुद्धुभुमी नगरपालिकाको बसन्तपुरका बावुराम पौडेलसंग बिवाह भयो । बिवाह भएको ५ बर्ष पछि उनले कान्छी श्रीमति बिवाह गरे । त्यस पछि अनिता र बावुराम बिच संबन्धबिच्छेद अंश लगायतका बिषयमा झै झगडा बढुयो । अनिता श्रीमानले झुंगामा बनाएको घर मै बसेर आफनो गुजार चलाएकी थिईन । बावुराम आफनी कान्छी श्रीमितिसंग भारतको पंजाब स्थित हरियाणमा काम गर्ने गरेका थिए । श्रीमान श्रीमति बिच संपत्तिको बिवाद नमिले पछि बावुरामले आफनो भिनाजु श्रीहरि गौतमलाई प्रयोग गरे । गौतमले चिनजान भएका गुनाखर अधिकारीलाई ७ लाख र ठेक्का पट्टा सहीत मासिक २५ हजार दिने डि गरी हत्याको योजना रचे । उनै अधिकारी र एक जन नाम नखुलेको ब्यक्ति मिलेर गत फागुन ११ गते धारियो रड प्रयोग गरी हत्या गरे । हत्याको अभियोगमा श्रीमान बिष्णु सहीत ३ जना पक्राउ परे । गत कार्तिक ११ गते आफनै श्रीमान बसन्त परियारले श्रीमिति सुमित्रालाई बन्चरो प्रहार गरी हत्या गरे । पक्राउ परेका बसन्त पुर्पक्षकालागि थुनामा छन । लामो सयम देखि श्रीमान श्रीमिति बिच बिवाद र झैझडा हुने गरेको थियो । हत्याका दिन परियारले मादक पदार्थ सेवन गरेका थिए । गत पुस ३ गते कपिलवस्तु नगरपालिका– ३ औरहियामा श्रीमान रफिक मुसलमानले श्रीमति तसलीन निसालाई घाटामा डोरी कसेर झुण्डाएर मारे । पक्राउ परेका रफिक पुर्पक्षकालागि थुनामा गएका छन । रफिक र उनकी श्रीमिति बिच लामो सयम देखि झैझडा मनमुटाव चल्दै आएको थियो । मृतक तसलीनलाई श्रीमान सहीत घरका अरुले समेत मिलेर कुटपीट गर्ने गरेको छिमेकीहरु बताउछन । घटनामा फक्राउ परेका अब्दुल बाहिद मुसलमान र सब्बीर मुसलमान तारेखमा छुटेका छन । गत ६ महिना भित्र भएको यी तीन हत्याको घटनमा प्रत्यक्ष श्रीमानको संलग्नता रहको प्रहरीले जनाएको छ । पछिल्लो ६ महिनामा भएका यी ३ घटनाले श्रीमानबाटै श्रीमितिहरु असुरक्षित भएको महिला अधिकारकर्मी माधुरी श्रेष्ठले बताईन । उनले हत्या जस्तो जघनय अपराधमा श्रीमान नै प्रत्यक्ष स.लग्न हुनु दःख कुरा भएको बताईन । ‘ यी घटनाले हाम्रो समाज गलत बाटो हि डेको भान भएको देखिन्छ ’ उनले भने ।

बिभिन्न कारणले श्रीमान श्रीमति बिच भैm झगडा हुनु त सामान्य जस्तै बनेको उनले बताए । तर श्रीमानले नै श्रीमितिको हत्या गर्नुले नै समाजमा जघनय अपराध समेत बढेको उनले बताईन । उता जिल्लामा कपिलवस्तुमा जघन्य अपराधका घटनामा बृद्धि भएको छ । हत्या, जबरजसतीकरणी, घटनामा बृद्धि भएको हो । पछिल्लो ७ महिनामा जिल्लामा ७ जनको हत्या भएको प्रहरीले जनाएको छ । २ वटा घटना गोली हानेर गरिएको हो । अन्य ४ घटनामा पारिवारिक, संपत्ति र रिसबिको कारण रहेको प्रहरीको भनाई छ । २ घटनाका अभियुक्त अझै फरार छन । हत्याका घटनाम मध्ये ३ वटामा त आफनै श्रीमानले श्रीमतिको हत्या गरेको पाईएको छ । । हत्याका घटनामा फरार रहेकाको अनुसंधान र आरोपीहरुको खोजी गरिरहेको प्रहरी उपरिक्षक अच्युतम पुडासनैनीले बताए । गोली हानी हत्या गरिएको घटनामा हतियार प्रयोग भएको प्रहरीको अनुसंधानले खुलेको छ । हत्यामा साना हतियार प्रयोग हुनु र श्रीमितिहरु आफनै श्रीमानबाट असुरक्षित हुने बिषयप्रति प्रहरी उपरिक्षक पुडासैनीले चिन्ता ब्यक्त गरे । सीमा पारी साना हतियार सहजरुपमा उपलब्ध हुने र खुला सीमाको फाइृदा उठाउदै साना हतियारहरु भित्रिने गरकोले अपराधीहरुले घटना गराउन समेत सहज हुने उनले बताए । गत मंसिर ८ गते साँझ शुद्धोधन गाउँपालिका वडा नं. ४ मोतिभारीका दीपेन्द्र कुमार चौधरीको गरियो । प्रदेश सदस्यका प्रत्यासी समेत रहको राजाबाबु नामले चिनिने चौधरीको हत्यामा आधा दर्जन बिरुद्ध किटानी छ । हत्याका मुख्य अभियुक्त अजित कुमार पाण्डेय अझै फरार छन । घटनामा अमित कुमार पाण्डेय र रामकृष्ण पाण्डेय मात्र पक्राउ परे । दुबै पुपक्षकालागि थुनामा गएका छन । गत चैत्र १७ गते कृष्णनगर नगरपालिका वडा न १० विद्यानगरका पारस पुरीको गोली हानी हत्या भयो । म्यानपावर व्यवसायी समेत रहेका उनी माथि रातको नौं बजे गोली प्रहार भएको थियो । मोटरसाईलमा आएका २ जनाले उनमाथी गोली प्रहार गरी भागेका थिए । सो घटनामा समेत प्रहरीले अझै सम्म अनुसंधान गरेको मात्र जनाएको छ । यस्तै गत चैत १२ गते शिवराज नगरपालिका– ६ पिपरीमा त्रिबेणी यादवको हत्या गरिएको थियो । उनको हत्त्यको कारण र हत्यारा अझै पत्ता लागेका छैन । जिल्लामा खुल्ला सिमानाका कारण अपराधिक गतिविधि बढेको प्रहरीको दाबी छ । हत्या घटाए पश्चात अभियुक्तहरु भारत जाँदा अनुसन्धानमा समस्या हुने गरेको प्रहरी बताउँछ । ‘बढ्दो बेरोजगार, गरिबी र आर्थिक प्रलोभनमा परी अपराधिक काम गर्नेहरुमा बृद्धि हुन थालेको छ, प्रहरी उपरिक्षक पुडासैनीले भने, ‘ यसमा समाजको सचेतना जरुरी छ ’ प्रहरीलाई विना अवरोध काम गर्न दिए जुनसुकै घटनाका अभियुक्तहरु पनि प्रकाउ गर्न सकिन्छ उनले भने ।

सम्बन्धित् समाचार