कपिलवस्तुको शिवराज नगरपालिका वडा नः ९ स्थित दश गाउ भन्ने ठाउमा भएको आग लागीका पिडितलाई राहात बितरण गरिएको छ । गएराती भएको आगलागीका पिडितहरुलाई नेपाल तरुण दल र नेपाल बिद्यार्थी सघं क्षेत्र नः १ ले राहात बितरण गरेको हो । आपतकालिन घटनामा परेकाहरुलाई तत्काल राहात बितरण गर्दै आएको तरुण दल र नेबिसघंले आगलागी पिडितलाई करिव ९० हजार बराबरको राहात सामाग्री बितरण गरिएको नेपाल तरुण दल जिल्ला कार्य समितिका सभापति खोम बहादुर सिहं ठकुरी(शतिm) ले जानकारी दिएका छन । तत्काल आवश्यक पर्ने डोछेना, सिरानी, चामल सहित पाठ्य पुस्तक जलेर बिद्यालय जान नपाएका बिद्यार्थीलाई झोला, कापि तथा कलम बितरण गरिएको उनले बताए । हालसम्म यसरी आपतकालिन अवस्थामा परेकालाई बिभिन्न समयमा गरि करिव १० लाख बराबरको राहात सामाग्री बितरण गरि सकिएको अध्यक्ष शतिmले जानकारी दिए ।
९ परिवारका घरमुलीलाई चामल, डोछेना, सिरानी, र तिनै घरका १४ जना बालबालिकालाई झोला, बिद्यालय पोशाक, कापि कलम बितरण गरेपछि आगलागी पिडित निकै खुशी भएका थिए । राहात बितरण कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आर्चाय, सचिव प्रेम रायमाझी, महासमिति सदस्य दुर्गा सेन, हुमकान्त खनाल, तरुण दल कपिलवस्तु क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापा, नेबिसघं क्षेत्र नः १ का सभापति चन्द्रकान्त पोखरेल, ५ का बिश्वमणी खनाल, बिद्यार्थी नेता अच्युत अर्यालको सहभागिता रहेको थियो । राहात बितरण कार्यक्रममा बोल्दै पार्टी सभापति आर्चायले तरुण दल र नेबिसघंले गरेको कामउदारणीय भएको बताउदै थप राहातका लागी स्थानिय सरकारलाई आग्रह समेत गरेका थिए । पार्टी जागरण अभियानमा ब्यस्त रहेका बेला आफनो कर्तब्यलाई बुझदै राहात बितरण कार्य गरेको बताइएको छ ।