काठमाडौं : सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्धा भत्ता एक हजार रुपैयाँ बढेको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६ ७७ को बजेट भाषणमा एक हजार वृद्धभत्ता बढेको घोषणा गरेका हुन् ।
७० वर्ष माथिका सबै जेष्ठ नागरिकले मासिक तीन हजार रुपैयाँ पाउने छन् । यसअघि दुई हजार रुपैयाँ मात्र पाउँदै आएका थिए । यसबाट १३ लाख प्रत्यक्ष लाभान्वित हुनेछन् ।