गृहपृष्ठ खबर महिनावारी भएका बेला छात्राहरु विद्यालय नआएपछि विद्यालयमै प्याडको व्यवस्था

महिनावारी भएका बेला छात्राहरु विद्यालय नआएपछि विद्यालयमै प्याडको व्यवस्था

बैतडी अधिकांश विद्यालयमा छात्राहरु महिनावारी भएको बेला चार दिन विद्यालय नगई घरमा नै बस्ने गर्दछन् । तर हुक्केडाँडामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले विद्यालयमा नै प्याडको व्यवस्था गरिदिएपछि छात्राहरुको महिनावारीको बेला पनि विद्यालय जाने गरेका छन् ।सरसफाइको तीन तारे मापदण्ड पुरा गरेको बैतडीको पाटन गाँउपालिकाको वडा नम्बर ९ को हुक्केडाँडामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले छात्राहरुको लागि पनि विशेष व्यवस्था गरिदिएको छ ।

महिनावारीको बेला चार दिन छात्राहरु विद्यालय नआई घरमै बस्न थालेपछि विद्यालयले छात्राहरुको लागि प्याडको व्यवस्था गरिदिएको छ । जसका कारण महिनावारीको बेला पनि छात्राहरु विद्यालय आउन थालेका छन् ।२०१८ सालमा स्थापना भएको यो विद्यालयले विद्यालयलाई कागजरहित पनि बनाएको छ । माथिल्लो कक्षाका विद्यार्थीले तल्लो कक्षाका विद्यार्थीलाई साथी चुनेर रेखदेख र अध्ययनमा सहयोग गर्ने नौलो प्रयास पनि गरिएको छ ।विद्यालयले शुरु गरेको नयाँ प्रयासले विद्यार्थीमैत्री वातावरण बनेको र त्यसले विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थीले बताए सिद्धेश्वर माविले विद्यार्थीको नियमित स्वास्थ्य चेकजाँच, शिक्षकहरुलाई आवास तथा खाजाको ब्यवस्था र उनीहरुको व्यक्तिगत समस्याप्रति पनि संबेदनशील रहने गरेको छ । जसले गर्दा शिक्षामैत्री वातावरण बनेको र गुणस्तरमा पनि सुधार आएको छ ।

सम्बन्धित् समाचार