गृहपृष्ठ Featured भारतका यी मुख्यमन्त्रीले लिए नेपाली भाषामा शपथ

भारतका यी मुख्यमन्त्रीले लिए नेपाली भाषामा शपथ

प्रकाशित मिति:

भारतको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)का अध्यक्ष प्रेमसिंह तामाङले सिक्किमको मुख्यमन्त्रीको शपथ लिएका छन् ।सिक्किममा पीएएस गोलेको नामले प्रख्यात तामाङले सोमबार राज्यपाल गंगाप्रसादबाट शपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा शपथ लिएका छन् । उनका साथमा ११ जना विधायकले शपथ लिएका छन् ।

शनिबार उनी एसकेएम विधायक दलका नेता चुनिएका थिए । हजारौं समर्थकका बीच पलजोर रंगशालामा उनले नेपाली भाषामा शपथ लिएका थिए । नेपाली भाषामा शपथ लिइरहँदा ५१ वर्षीय तामाङ निकै उत्साहित देखिन्थे ।

सन् २०१३ मा गठन भएको एसकेएमले ३२ सदस्यीय सिक्किम विधान सभामा १७ सिट जितेको छ । पूर्वमुख्मन्त्री पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्टले भने १५ सिट जितेको छ । २४ वर्षदेखि नेतृत्व गर्दै आएको चाम्लिङ सरकारलाई एसकेएमले धक्का दिएको छ ।तामाङसँगै ११ मन्त्रीहरूले सपथ लिइरहँदा हलमा खचाखच समर्थक र सर्वसाधारण निकै उत्साहित देखिएका थिए ।

नरेन्द्र मोदी सर्वसम्मत नेता निर्वाचित, अब प्रधानमन्त्री बन्लान् ?

भारतीय जनता पार्टी (भाजपा) तथा भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)को संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत चुनिएका छन् ।

भारतीय लोकसभा निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिलाई भेट गरी राजीनामाको प्रस्ताव गर्दै नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गरेका थिए ।

भारतीय संसदीय परम्परा अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने भएकाले निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चयन गरिएको हो । भाजपा नेता मोदीलाई भाजपाको संसदीय दलको नेताका रूपमा भाजपा अध्यक्ष अमित शाहले प्रस्ताव गरेका थिए। नेता राजनाथ सिंहले प्रस्तावलाई भाजपा संसदीय दलको तर्फबाट समर्थन गरेका थिए ।

भाजपा नेता सिंहद्वारा मोदीको नाम भाजपा तथा एनडीएको संसदीय दलको नेताका रूपमा सर्वसम्मत चयन भएको घोषणा गरेका थिए । अप्रिल ११ देखि मे १९ सम्म गरी विभिन्न सात चरणमा लोकसभाको ५४२ सीटका लागि भएको निर्वाचनमा नरेन्द्र मोदीको दल भाजपा एक्लैले ३०३ सीट प्राप्त गरेको भारतीय निर्वाचन आयोगले जानकारी गराएको छ ।

संसदमा बहुमत पुग्नका लागि २७२ सीटको आवश्यकता हुन्छ भने यो सदस्य संख्या भाजपाका लागि दुईतिहाइ पुग्नका लागि ९ सीट कम रहेको हो । भाजपाको नेतृत्वमा रहेको गठबन्धन एनडीएको लोकसभामा जम्मा ३५० सीट पुगेको छ ।

लोकसभामा दोस्रो ठूलो दल भारतीय नेसनल कंग्रेस (कंग्रेस–आई) ले ५२ सीट ल्याएको छ भने उसको गठबन्धन यूनाइटेड प्रोग्रेसिभ एलायन्स (यूपीए) ले ८५ स्थानमा विजय हासिल गरेको छ । अन्य दल तथा स्वतन्त्रले गरी १०७ सीट ल्याएका छन् ।

प्रमुख निर्वाचन आयुक्त सुनिद अरोराले निर्वाचन परिणामको औपचारिक जानकारी शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई गराएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित् समाचार