गृहपृष्ठ Featured सिद्धार्थ क्याम्पसमा देवि सरस्वतिको मुर्ती स्थापना

सिद्धार्थ क्याम्पसमा देवि सरस्वतिको मुर्ती स्थापना

प्रकाशित मिति:

कपिलवस्तुलाई आधुनिक , समृद्ध र स्मार्ट बनाउने अभियानमा आफू रहेको प्रदेश नम्बर ५ सांसद बिष्णु पन्थीले बताउनुभएको छ । उहाँले विद्यारुपी मन्दिरजस्तो ठाउंमा विद्याकी देवी सरस्वतीको मुर्ती स्थापना गरिदिएकोमा कृषि विकास बैंकलाई धन्यबाद दिनुभयो । देशको कुनाकाप्चामा रहेका कृषकहरुको उत्थानमा कृषि विकास बैंकले पुर्याएको योगदानको उच्च प्रशंशा गर्दैै “खोलौं सबै नेपालीको वचत खाता अभियान” साकार पारी जनताको घरघरमा चिर परिचत हुदै बैंकिङ व्यवसायको पहुंच विस्तार गर्न शुभकामना समेत दिनु भएको थियो । स्वतन्त्र बिद्यार्थी युनियन स्वबियु सिद्धार्थ क्याम्पस बुङचीले आयोजना गरेको सरस्वती मन्दिरको उद्घाटन गर्दै सांसद पन्थीले यस्तो बताउनुभएको हो ।

साथै उक्त कार्यक्रममा कृषि विकास बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक सुदिप कुमार दाहालले स्वतन्त्र विद्यार्थी युनियन सिद्घार्थ क्याम्पसका अध्यक्ष सुशिल खत्रीलाई ३ लाखको चेक हस्तान्तरण गर्दै बैंकिङ ब्यवसाय विस्तार संगसंगै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्ता किसिमका सामाजिक काममा योगदान गर्ने अवसर उपलब्ध गराएकोमा क्याम्पस परिवार एवं स्वतन्त्र विद्यार्थी युनियनलाई धन्यवाद दिदै बैंकमा उपलब्ध आधुनिक सुविधाहरुको जानकारी समेत दिनुभयो ।

उहाँंले सम्पुर्ण विद्यार्थीहरुलाई नेपाल सरकारको कार्यक्रम “खोलौं सबै नेपालीको वतच खाता अभियान”मा सरीक भई कृषि बिकास बैंक संग जोडिएर बैंकिङ कारोवार गर्न आह्वान समेत गर्नुभयो ।

सिद्धार्थ क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष झविलाल पोख्रेलले वैंकले सामाजिक कार्यमा लगानी गरेकोमा बैंक परीवारलाई धन्यवाद दिनुभयो ।

यस्तै सोही अबसरमा स्वावियु सभापति सुसिल खत्रीले बैंकको आर्थिक सहयोग प्रति धन्यवाद दिदै क्याम्पसमा केही बर्षमै गौतम बुद्धको मूति स्थापना गर्ने पहल भैरहेको बताउनुभयो । बैंकलाई निरन्तर रुपमा उत्कृष्ट ढंगले संचालन गर्ने जिम्मा स्थानिय जनताको हातमा पनि रहेको स्मरण गराउदै बैंकसंग सहकार्य गर्न क्याम्पस तत्पर रहेको बताउनुभयो । उहाँले क्याम्पसमा पिउने पानीको अत्याधिक समस्या रहेकोले सांसद पन्थीलाई ध्यानाकर्षष गराउनुभएको थियो ।

मन्दिर बनाउने कार्यक्रममा सहयोग पु¥याउने सबैलाई सम्मान पत्रले सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा स्थानिय कलाकारद्धारा नृत्य, गित प्रस्तुत गरिएको थियो । मोडल सुमन पौडेल र मिसन भुसालले सांस्कृतिक प्रस्तुतीबाट मनोरञ्जन गराउनुभएको थियो । साथै सोही कार्यक्रममा एम् एड पहिलो वर्षका लागि भर्ना भएका विद्यार्थीहलाई स्वागत समेत गरिएको थियो ।

उक्त कार्यक्रममा कृषि विकास बैंक शाखा कार्यालय ४ नं जितपुरका शाखा प्रबन्धक श्री पुनाराम खास,ु चन्द्रमणी पौडेल, रत्न विक्रम क्षेत्री ,विष्णु प्रसाद लम्साल, लक्ष्मण कार्की, कृष्ण शर्मा, माया कुमारी क्षेत्री, संजय ज्ञवाली लगायतका कर्मचारी, क्षेत्रीय कार्यालय भैरहवाका ऋण अधिकृत नवराज गौतमको उपस्थिति रहेको थियो ।

साथै क्याम्पस प्रमुख खेमराज शर्मा, अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष बाबुराम अर्याल, उद्योग वाणिज्य संघका सल्लाहकार टोपनारायण बेल्वासे , हर्टविट एफ एमका स्टेशन म्यानेजर ओमप्रकाश पौडेल, क्याम्पस व्यावस्थापन समितिका उपाध्यक्ष रविबहादुर काफ्ले, नेपाल पत्रकार महासंघका सचिव हरी अधिकारी, स्थानीय बुद्धिजिवि, समाजसेवी,लगायत विद्यार्थीहरुको ठुलो उपस्थिती रहेको थियो ।

स्वबियु सभापति खत्रीको अध्यक्षता, विद्यार्थी क्षेत्रीको स्वागत गीत, बिबिएस प्रथम बर्षमा अध्ययनरत बिकास थापाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन स्वाबियु सदस्य हरि ढुङगानाले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार