काठमाडौं, जेठ १६ । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय भएको बताए ।
मुस्लिम आयोगको सिफारिसमा उक्त दिन सार्वजनिक विदा दिने निर्णय भएको हो । यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ ।