गृहपृष्ठ खबर बाणगंगाको गौरी भवानी मावि भक्तौलीमा पनि भयो तालाबन्दी

बाणगंगाको गौरी भवानी मावि भक्तौलीमा पनि भयो तालाबन्दी

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ३ मा रहेको श्री गौरी भवानी मावि भक्तौलीमा पनि तालाबन्दी भएको छ । करिव ५÷६ महिना देखि बिवाद रहेकोमा ब्यवस्थापन समितिको अवस्था, प्रअको गैर जिम्मेवारी र निर्णयका कारण अहिले आएर तालाबन्दी भएको हो । बिशेष गरेर ६ महिना देखि ब्यवस्थापन समिति गठनबाट बिवाद सुरु भएकोमा अहिले आएर शिक्षक नियुतिmलाई लिएर बिवाद चुलिएको हो । बिद्यालयका प्रअ गोपाल चौधरीले अन्य ब्यतिmको कृते हस्ताक्षरसमेत गर्दै एकलौटी गर्न खोजेको र शिक्षक नियुतिmमा स्थानियलाई प्राथमिकता नदिई पार्टीगत रुपमा गएकाले विवाद बढेपछि समाजसेवि लक्ष्मण पोखरेल र लोक बहादुर थापाको नेतृत्वमा गाउलेले बिद्यालयमा तालाबन्दी गरेका हुन । आफु बलियो हुन ब्यवस्थापन समितिका अन्य ब्यतिmको कृते हस्ताक्षर गरेको स्वीकार गर्र्दै प्रअ चौधरीले माफि समेत मागी सकेका छन । उनले सुन्तली परियारको कृते हस्ताक्षर गरेका हुन ।

नेकपा एमालेले एउटा र माओवादीले अर्कैलाई नियुतmी दिन खाजेकाले यस्तो भएको सरोकारवाला बताउछन । माओवादी र नेपाली कागे्रसले बिद्यालयमा स्वयम सेवककमा रुपमा पाच बर्ष र निजि स्रोतबाट ५ बर्ष काम गरि सकेका र हाल प्राविमा अग्रेजी बिषयमै नाम लिकालेका शिक्षकलाई नियुुतिm दिन खाजेको र एमालेले पार्टी नेतृत्वको दवावमा अर्कैलाई नियुतिm दिन खाजेका कारण बिवाद भएको हो । गौरी भवानीसगै बाणगंगा नगरपालिका भित्रका तिन बिद्यालयमा तालबन्दी भएको छ ।

सम्बन्धित् समाचार