गृहपृष्ठ खबर शितगंगाका गायक आचार्यको उदाहरणीय कार्य, खेलकुद सामाग्री हस्तान्तरण

शितगंगाका गायक आचार्यको उदाहरणीय कार्य, खेलकुद सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

अर्घाखाँचीको शितगंगा नगरपालिकाका एक युवाले खेलकुद क्षेत्रमा उदाहरणीय कार्य गरेका छन् । पछिल्लो समय साङ्गीतिक क्षेत्रमा आफ्नो क्षमता विकास गर्दै गएका शितगंगा ६ चिसापानी जन्म भएका सुशील आचार्यको पहलमा क्लबका खोलाडि तथा आफूले अध्ययन गरेको स्कुलमा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । आफू जति टाढा भए पनि आफ्नै जन्मस्थल तथा आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरू भलिबलमा उत्कृष्ट देखेको भन्दै उनीहरूको हौसला विकास गर्ने उद्देश्यले उक्त खेलकुदका सामाग्री वितरण गरेको उनले बताए । पाठक सिमेन्ट ईण्ष्ट्रिज प्रा.ली. को आर्थिक सहयोगमा उपलब्ध गराइएका खेलकुद सामाग्रीहरू उनका बुबा प्रकाश आचार्य, सँगै शितगंगा ६ का वडा अध्यक्ष ऋषि रेश्मीले हस्तान्तरण गरेका थिए ।

शितगंगा ६ मा रहेको रानिवन युवा क्लबका खेलाडीहरूलाई २५ थान जर्सी सेट, एक थान भलिबल र एक थान नेट प्रदान गरिएको छ भने शिवादह माविलाई पनि एक थान भलिबल हस्तान्तरण गरिएको गायक तथा खेलप्रेमी आचार्यले बताए । उनले आर्थिक सहयोग गर्ने पाठक सिमेण्टलाई धेरै धन्यवाद दिँदै खेलकुदका सामाग्री प्रदान गर्न पाउँदा आफूलाई गर्व लागेको बताए । उनले खेलले स्वास्थ्य सँगै देशैभर आफ्नो पहिचान बनाउन सक्ने भएकले खोलाडीहरुलाई सबैले हौसला प्रदान गर्नुपर्ने बताए । वडा नं. ६ द्धारा आयोजित वडा स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा ती सामाग्रीहरू वितरण गरिएको हो ।सामाग्री पाएपछि क्लबका खेलाडीहरूले सहयोग गर्ने आचार्यप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूलाई अझै हौसलामा वृद्धि भएको बताए भने विद्यालयका विद्यार्थीहरूले पनि उनलाई धन्यवाद व्यक्त गरेका थियो

सम्बन्धित् समाचार