वाणगंगा नगरपालिका ९ जिनुवा स्थित शुद्धोधन जनजीवन माध्यमिक विद्यालयमा गत जेठ २८ गते एक समूहले लगाएको तालाबन्दी विधायलयमा बसेको सर्वपक्षिय बेैठकले सो ताला खुलेको छ । शिक्षक छनौटमा एकलौटी गरेको भन्दै स्थानीय नेता दिपक थापाको नेतृत्वमा गएको एक समूहले विद्यालयको कार्यालयमा एक साता अघि तालबन्दी गरेको थियो । विद्यालयमा रिक्त रहेको गणित र नेपाली विषयको शिक्षक छनौटमा सहमती गरिनुपर्ने माग राख्दै विद्यालयमा तालाबन्दी गरेको दिपक थापाले बताएका थिए ।
वडाध्यक्ष धुर्व वेल्वासेको अध्यक्षतामा आज बसेको सम्पन्न बैठकले विद्यालयमा विधालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, स्थानिय राजनितिक दलका प्रमुखहरु,समाजसेवी,अभिभावक सहितको बैठकबाट प्रा.वि. तृतिय श्रेणिको स्थायी दरबन्दीका लागि जनकल्याण मा.वि.बकलीपुरका शिक्षक रेशम गिरी र चण्डिका आधारभूत बिधालय ऋद्धिकोट — ७ पाल्पाका शिक्षिका गीता के.सी. रायमाझीलाई बिधालयले शिक्षक नियुक्तिमा सहमति दिने विषयमा सर्वसम्मतरुपमा निर्णय गरेको छ ।
साथै विधालय शान्ति क्षेत्र भएको हुँदा सर्वपक्षिय बैठकबाट आगामी दिनमा राजनितिक दल,दलका भातृसंगठन,संघ,संगठन जो कसैले पनि बिधालयमा तालाबन्दि जस्ता बिधार्थीलाई पठन पाठनमा बाधा पुग्ने कुनै पनि क्रियाकलापका विरोधका कार्यकमलाई पूर्ण निषेध गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको वडा नं ९ वडा अध्यक्ष धुर्व वेल्वासेले वताउनु भएको छ । विधालयमा भएको यस निर्णयले पठन पाठनमा सहजता आएको छ
शुद्धोधन जनजीवन मा.वि.जिनुवामा लागेको तालाबन्दी खुल्यो ।

