काठमाडौं । केही साता यता काठमाडौं उपत्यका लगाएत मुलुकका अधिकांश ठाउँहरुमा ह्वात्तै गर्मी बढेको छ । यस्तो गर्मीको मौसममा फलफूल सेवन गर्नु स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ । गर्मी मौसममा फलफूल नियमित फलफूल सेवन गरियो भने यसले शरीरमा शितलता प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमतामा पनि बृद्धि गर्छ ।
अधिकांशमा फलफूलमा पानीको मात्रा ज्यादा हुने हुनाले यसले शरीरमा पानीको मात्रालाई पनि पूरा गर्छ ।
– काँक्रोः
काँक्रोमा ९६ प्रतिशत पानीको मात्रा हुने भएकाले गर्मी मौषममा यसको सेवन गर्नु उपयुक्त हुन्छ । यसको सेवनले शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाई राख्न मद्दत गर्छ र शरीरमा विभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।
– खरबुजाः
खरबुजामा पानीको मात्रा ज्यादा हुने हुनाले यसको सेवन शरीरमा पानी आपूर्ति गर्छ । साथै यसले शरीरमा शीतलता प्रदान पनि गर्छ । गर्मी मौषममा पाइने फल खरबुजामा हुने तत्वले पेटसम्बन्धि समस्या (ग्याँस्ट्राइटिस, कब्जियत) बाट मुक्ति मिल्छ । यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ ।
– आँपः
आँपको सेवन स्वास्थ्यका दुष्टिकोणले निकै लाभदायी हुन्छ । यसमा हुने विभिन्न तत्वले शरीरमा शक्ति पैदा गर्छ । आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ ।
– लिचीः
गर्मी मौषममा पाइने फल मध्ये लिची पनि लोकप्रिय फल हो । यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै मस्तिष्कलाई चुस्त बनाइ राख्न मद्दत गर्छ ।
– अंगुरः
अंगूरमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट नामक तत्व पाइन्छ, जसले मानसिक तनाव कम गर्नुका साथै शरीरमा भोक तथा प्यास मेटाउन मद्दत गर्छ । अंगूर शरीरलाई शीतलता प्रदान गर्ने एक पौष्टिक तत्व भएको फल पनि हो ।