२०७६ असार ४ बुधबार
कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारवाही भएकाले पार्टीको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले उनीहरूलाई कारबाही गरेको हो ।
यसरी कार्रबाही खानेमा कपिलवस्तुका पाँच जना परेका छन् । जसमा शिवराज नगरपालिकाको प्रमुखका वागी जमरेश अलि मिया, शिवराज नगरपालिकाकाका उपमेयरका बागी हरिप्रसाद पोखरेल, प्रदेशसभाका बागी राजुप्रसाद अर्याल, निजका प्रस्तावक र समर्थक सन्तोष हमाल र रामधनी बढई रहेका छन् ।
यी नेतालाई पार्टीको अभिलेखमा नरहने गरी हटाएको कांग्रेसले जनाएको छ ।