गृहपृष्ठ खबर गर्मीका कारण विद्यालय बन्द

गर्मीका कारण विद्यालय बन्द

प्रकाशित मिति:

कपिलवस्तु
केही दिन यता तराईमा अत्याधिक गर्मी बढ्दै गईरहेकाले विद्यार्थीहरुको पठनपाठनमा समस्या देखिएको भन्दै बिजयनगर गाउपालिकाले ५ दिनका लागी गर्मी विदा  दिएको छ । प्रचण्ड गर्मीले गर्दा विजयनगर गाउँपालिकाले ५ दिनका लागि सम्पूर्ण विद्यालयलाई विदा दिईएको हो  । असार ५ गते विहिवारदेखि ९ गते सोमवारसम्म ५ दिन अवस्थाजन्य विदाबाट कट्टी गरी विदा गरिएको हो । गत केहि दिन देखि तराईमा अत्याधिक गर्मीका कारण जन
जिवन कष्टकर बनेको छ ।दिउसोको समयमा मानिसको चहल पहल समेत कम भएको छ । दैनिक ज्याला मजदुरी गर्नेलाई पनि समस्य परेको छ ।
आगमी ९ गते सोमवार देखि नियमित पढाई हुने जनाईएको छ ।

सम्बन्धित् समाचार