गत शुक्रबार वडा कार्यालयबाट फर्कने क्रममा जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ७ का वडा सचिव नवराज पन्त माथी साङ्गातिक आक्रमण गर्नेलाई कारवाहीको माग गरिएको छ । यशोधरा गाँउपालिकाका अध्यक्ष गृजेश पाण्डेयले घटनामा संलग्न दुई व्यक्तिलाई कारवाही र वडा सचिवलाई जिउ ज्यानको सुरक्षाको प्रत्याभुती गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पत्राचार गरेका छन । शुक्रबार वडाको कार्य सम्पन्न गरि कार्यालयबाट फर्किदै गरेका सचिव पन्तलाई मोटरसाईकलमा सवार रहेका कपिलवस्तु नगरपालिका नगरपालिका २ महुवरियाका पंकज पाण्डेय र अर्का एक व्यक्तिले मोटरसाईकलको रड प्रहार गरेका थिए । कार्य क्षेत्रबाट वडा अध्यक्ष चन्द्रप्रकाश दुबे सहित फर्किदै गरेका पन्तलाई तौलिहवा मर्यादपुर सडकखण्डको यशोधरा ५ को मुल सडकबाट बुढापार जाने बाटोमा कुराकानी गर्नु छ भन्दै रोकेर रड प्रहार गरिएको वडा अध्यक्ष दुबेले जानकारी दिए । रड प्रहारले वडा सचिव पन्तको हातमा चोट लागेको छ ।
कपिलवस्तुमा वडा सचिवलाई आक्रमण गर्ने लाई कारवाहीको माग
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै१३औं कपिलवस्तु डान्स आईडलबाट बाहिरिईन् निरुता
१८ घण्टा अघि
च्याम्पियन्स लिग : लिभरपुलको लगातार छैटौं जित
१९ घण्टा अघि
तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
१९ घण्टा अघि