सिंगापुरको पानीजहाजमा आकर्षक काम पाउने आश्वसनमा पर्दा तीन सयभन्दा बढी नेपाली युवाको करोडौं रुपैयाँ डुबेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको ठगी हेर्ने पिल्लरले गरेको अनुसन्धानले ६ करोड रुपैयाँभन्दा बढी ठगिएको देखाएको हो । प्रहरीले ठगीमा संलग्न भएको आरोपमा नुवाकोटका प्रविण पौडेललाई पक्राउ गरेको छ ।
‘भारतको दिल्ली र लखनउमा पठाएर सोलास नामक कम्पनीमा तालिम समेत दिएर विभिन्न बाहनामा नगद ५ लाख लिएपछि प्रोसेस हुँदैछ भनेर सम्पर्कविहीन हुने गरेको देखिएको छ’, उनले भने, ‘अनुसन्धान क्रममा मकवानपुरको वाइपास र पारिजात पथमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेका हौं ।’
ठगीमा अन्यको पनि संलग्नता देखिएको भन्दै प्रहरीले खोजी थालेको छ । साथै, अन्य व्यक्तिलाई सचेत रहन पनि सुझाएको छ ।