गृहपृष्ठ खबर रुपन्देहीमा प्रहरीलाई घुस दिन खोजेको अभियोगमा एक जना पक्राउ

रुपन्देहीमा प्रहरीलाई घुस दिन खोजेको अभियोगमा एक जना पक्राउ

प्रकाशित मिति:

प्रहरीलाई घुस दिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला रुपन्देही मर्चवारी गा.पा.वडा नं १ बस्ने वर्ष ६३ को रामराज यादव रहेका छन् । गत जेठ ३२ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डी नियमित प्रहरी चेकिङको क्रममा तत्काल साथमा कागजात नभएका यु पी ५३ ए एच २४४५ र युपी ५१ ए एच ४१६९ नम्वरको २ वटा भारतीय मोटरसाईकल अनुसन्धानको शिलशिलामा जिल्ला प्रहरी कार्यालयमा रहेकोमा मोटरसाइकल छुटाउन प्रहरीलाई घुस दिन लागेकोले निजलाई १० हजार घुस रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सवारी धनी कागजपत्र लिएर मोटरसाइकल छुटाउन जानु पर्नेमा मंगलबार काजपत्र बिनै जिल्ला प्रहरी कार्यालय पुगेका यादवलाई प्रहरीले आज कागज पत्र लिएर आउन पठाएकोमा उनि कागजपत्र नलिई गएर प्रहरीलाई घुस दिन खोजेको प्रहरीको दाबी छ । पक्राउ परेका यादवलाई आवस्यक कार्बाहीका लागि बुटवल स्थित अख्तियारको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार