हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।
यसलाई नारायणको दिन पनि भनिन्छ । यतिमात्र नभइ यस दिनलाई साईको दिन पनि भन्ने गरिन्छ । बृहस्पति ग्रह अरु ग्रहको तुलनामा भारी मानिन्छ । यसका रण यस दिन भुलेर पनि केही यस्ता कामहरु हुन्छन् ती गर्नु हुँदैन । यस दिन गरिने केही कामले घर वा सम्बन्धमा दरार ल्याउन सक्ने ज्योतिषहरु बताउँछन् ।
बिहिबार गर्नै नहुने कामहरु
कपालमा साबुन लगाउन हुँदैन । कपाल पनि काट्न हुँदैन
यदी महिलाहरु यस दिन शिर पखाल्छन् वा कपाल काट्छन्, यसले बृहस्पति कमजोर बनाउँछ । पति र सन्तानको उन्नती पनि रोकिन्छ ।
गुरु ग्रहलाई जीव पनि भनिन्छ । यदी बिहिबार नंङ काट्ने वा दारी काट्ने काम गरिन्छ भने यसले बृहस्पति कमजोर बनाउने काम गर्छ । यसले नकारात्मक प्रभाव पार्छ ।
घरमा झाडु पनि नलगाउनुहोस् । घरमा धेरै ओझोन भएको कपडा, कवाडलाई घरबाट बाहिर निकाल्ने काम गर्नुहुँदैन । यस दिन ती कामहरु गर्नाले बच्चा, सन्तान घरका सदस्यहरुको शिक्षा, धर्म र शुभ कार्यमा प्रभाव पार्छ ।
यस दिन नगद कारोबार पनि नगर्नुहोस् ।
- यस दिन लक्ष्मी र नारायणको पुजा गर्नुहोस् । यसले घरमा सुख शान्ति ल्याउने काम गर्छ । पति र पत्नीबीच पनि सम्बन्ध राम्रो भएर जान्छ । साथै धनमा पनि वृद्धि हुन्छ ।