गृहपृष्ठ Featured कपिलवस्तुका कृषकलाइ गाेलभेडाले दिएको आर्थिक समृद्धि

कपिलवस्तुका कृषकलाइ गाेलभेडाले दिएको आर्थिक समृद्धि

प्रकाशित मिति:
पछिल्लो समय कृषिलाई पनि राम्रो आय हुने क्षेत्रकोे रुपमा लिइदैँ आएको छ । परम्परागत खेतीबाट अलिकति माथि उठ्ने हो र माटोमा नै पैसा फर्लाउँछु भन्नेहरुको लागि एक उदाहरणीय पात्र हुन् लाल चन्द्र केवट । कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको मोहम्दानगर बस्ने लाल चन्द्र केवटले गोलभेडाको तरकारी खेती गरि ४ छोराछोरीलाई शिक्षा दिईरहेका छन् । सामान्य परिवारकका केवट दैनिक खेतीबारी गरी गोलभेडा संगै अरु पनि तरकारी खेती गरिरहेका छन् । उनले अरु तरकारी खेती भन्दा गोलभेडाले राम्रो आम्दानी गरिरहेको बताएका छन् ।

तरकारी खेती गरेर नै ४ छोराछोरीलाई पढाउन र पक्की घर पनि बनाउने सफल भएका छौँ, केवट दम्पत्ती भन्छन् । यस अघि सामान्य किसिमको घर भएका यो दम्पत्तीलाई गोलभेडा खेतीले नै आर्थिक समृद्धि दिएको हो । पक्की घर बनाउनाको लागि गोलभेडा खेती गरेरै राम्रो आम्दानी भए पछि मात्रै पक्कघर बनाउन लागेका हौँ उनीहरु भन्छन् ।

पहिले अरुको घरमा मजदुरी गर्ने, भारतको मुम्बाई, दिल्ली काम गर्न जने गरेकोमा अहिले तरकारी खेती तर्फ लागे पछि राम्रो भएको बताएका छन् । उनी तरकारी खेतीबाट राम्रो आम्दानी हात पार्न थालेका छन । दैनिक विहानै उठेर केवट र उहाँको श्रीमति खेतमा पुग्छन । उनले भन्छन हामी दुबै जना मिलेर खेतीमा राम्रो गर्न सकेका छौ ।

सम्बन्धित् समाचार