गृहपृष्ठ खबर बुद्धभुमी नगरपालिका वडा नम्बर ६ एकै पटक बाल बिवाहमुक्त र पुर्ण खोप घोषणा

बुद्धभुमी नगरपालिका वडा नम्बर ६ एकै पटक बाल बिवाहमुक्त र पुर्ण खोप घोषणा

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ६ एकै पटक बाल बिवाहमुक्त र पुर्ण खोप वडा घोषणा भएको छ । वडामा बाल बिवाह रोकिएको र जन्मे देखि २३ महिना भित्रका बालबालिकाहरु खोपका पहुचमा पुगेकोले वडालाई बाल बिवाहमुक्त र पुर्णखोप वार्ड घोषण गरिएको हो । वडा अध्यक्ष नन्दलाल यादवले गाउमा बाल बिवाह नभएको र २३ महिना सम्मको बालबालिकाहरु खोपका पहुचमा पुगको प्रतिबेदन प्रस्तुत गरेका थिए । सो अवसरमा प्रदेश नम्बर ५ का सदस्य दीर्घ नारायण पाण्डेय, धरम बहादुर लाल श्रीवास्तव र नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले संयुक्तरुपमा मैनबत्ती बालेर कार्यक्रमको उदघाटन गरेका थिए । सो अवसरमा प्रदेश सदस्य पाण्डेयले पछि परेको दक्षिणी क्षेत्रको वार्ड एकै पटक बालबिवाह मुक्त र पुर्ण खोप घोषणा हुनु आफैमा नमुनायोग्य काम भएको बताए । उनले यो कार्यलाई घोषणमा सीमित नराखी ब्यवहारमा उर्तानु पर्ने बताए । ‘ बाल बिवाह आफैमा दण्डनीय अपराध हो यो कार्यलाई सबैले मिलेर रोक्नु पर्छ ’ उनले भने । उनले वडा र नगरपालिकाका विकासकालागि सबैले हातेमालो गर्नु पने बताए । नगरपालिका र यस क्षेत्र कै विकासकालागि आफुले प्रदेश सरकारमा पहल गर्ने बताए । सोही अवसरमा प्रदेश सदस्य श्रीवास्तवले बिभिन्न कारणले अहिले देशब्यापीरुपमा बालबिवाह चुनौती बन्र्दै गएको अवस्थामा वडा बाल बिवाहमुक्त हुनु सकारात्मक काम भएको बताए । उनले अहिले कम उमेरका युवा युवतीहरु भागेर आफै बिवाह गर्ने चलन बढकोप्रति चिन्ता ब्यक्त गदै यसलाइृ रोक्न ब्यापक जनचेतनामुलक कार्यक्रम संचालन गर्नु पर्ने बताए । नगरप्रमुख श्रेष्ठले घोषणा गर्रिएको कार्यलाई त्यर्सैमा सीमित राख्न नहुने बताए । उनले शिक्षा, स्वास्थ्यमा अभिभावकहरु आफै सचेत हुनु पर्ने बताए ।

उनले नगरपालिकालाइृ छिट्टै बाल विबाहमुक्त र पुर्णखोप नगरपालिका घोषणा गने तयारी गरिएको बताए । वडामा गत एक बर्ष भित्र भएको कुल ४९ बिवाह मध्ये ४ वटा मात्र बाल बिवाह भएको प्रतिबेदन पेश गरिएको थियो । यस्तै नगरपादिका स्वास्थ्य ईकाईका प्रमुख डोलबिक्रम बेल्वासले जनमेदेखि २३ महिना भित्रका १ सय ३ बालबालिकाहरु नै खोपको पहुचमा पुगेका बताए । उनीहरुलाई बिभिन्न ११ प्रकारकम खोप निःशmुल्क लगाईने उनले बताए । कार्यक्रममा मेयर श्रेष्ठले वडालाई बाल बिवाहमुक्त र पुर्ण खोपको प्रमाण पत्र समेत प्रदान गरेका थिए । वडा अध्यक्ष यादवको अध्यक्षता र शिव लाल यादवको संचालनमा भएको कार्यक्रममा सभ द चिल्ड्रेनका प्रदेश नम्बर ५ का प्रमुख राजेन्द्र तुलाधर नगरपालिका कार्यकारी अधिकृत मेघनाथ पाध्या लगायतले मन्तब्य दिएका थिए । वडालाइ बाल बिवाहमुक्त र पुर्ण खोप घोषणा गराउन सन साईन सामाजिक विकास संस्थाको अगुावईमा सेभ द चिल्ड्रेनको कार्यक्रम संचालन गरिएको थियो । सो अवसरमा घोषणा गराउने कार्यमा योगदान दिए बापत बिभिन्न संसथा र ब्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरिएका थियो ।

सम्बन्धित् समाचार